मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नयाँ बर्षको अवसर पारेर कतारमा 'निगरानी'

शैलेन्द्र कठायत, दोहा, 2012/03/17

नेपालीहरूको नयाँ बर्ष २०६९ सालको अवसर पारेर कतारको दोहामा एक्सन चलचित्र 'निगरानी' प्रदर्शन गरिने भएको छ । आउँदो मार्च ३० तारिखका दिन नयाँ बर्षको शुभकामना आदानप्रदान सहित चलचित्रको बिशेष शो गर्न लागिएको हो । कतारको दोहा स्थित दोहा सिनेमा घरमा दिउँसो २:३० बजे चलचित्र प्रदर्शन गरिंदैछ । टिकटको मूल्य कतारी २५ र ३० रियाल तोकिएको छ ।

 

प्रोजेक्ट नेपाल इभेन्ट्सको आयोजनामा रामेश्वर भट्टराईले प्रदर्शन गर्न लागेको सो सिनेमालाई लिएर निर्माता शुसिल पोखरेल कतार आउने भएका छन् । एक बर्ष अघि नेपालमा रिलिज गरिएको सो चलचित्रलाई राजेन्द्र उप्रेतीले निर्देशन गरेका हुन् । बालबालिका अपहरणको कथाको साथै प्रेमकथालाई प्रस्तुत गरिएको सो चलचित्रमा बिराज भट्ट, मुकेश ढकाल, अरूणिमा लम्साल, जेनिशा केसी, नागेन्द्र रिजाल लगायतले अभिनय गरेका छन् । चलचित्रका गीतमा बसन्त सापकोटाले संगीत दिएका छन् ।