मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीन सय साथीलाई रूवाए शिर्षकले

फिल्मीखबर, काठमाण्डौ, 2012/03/16

६ बर्षे बालक शिर्षक सापकोटा जसको अभिनय तीन दशक अनुभव बोकेका भुवन केसीको भन्दा कुनै कम थिएन । त्यसैले होला तीन सय साथीहरूले एक साथ फिल्म हेर्दै गर्दा शिर्षकले ती सवै साथीलाई रूवाईदिए ।


रिलिज भएको दुई साता पश्चात आजबाट विभिन्न हलबाट उत्रिएको 'साथी म तिम्रो' को मुख्य नायक शिर्षकले शुक्रबारको अन्तिम शो हेर्न बिहानको समयमा आफ्नो स्कूलको साथीहरूलाई विश्वज्योति हलमा भेला गराएका थिए । दुई घण्टा सम्म उनका साथीहरूले हुटिङ र तालीको पर्राले फिल्म भित्रको अनमोल शिर्षकलाई समेत हौसला दिन पछि पर्दैन थिए । 

 

जोरपाटीमा रहेको राई स्कूलमा कक्षा एकमा पढ्ने शिर्षक अनि आफनो छिमेकी जो क्लाशाको बेष्ट फ्रेण्ड रौनक पाख्रिनसंगै बसेर उनले पुरै फिल्म हेर । जुन फिल्म हेर्दा शिर्षक आफू त रोएका थिएनन् तर कक्षा एक देखि ८ सम्मका विद्यार्थीले फिल्म भित्र पिडित शिर्षक देख्दा आँखाबाट आँसु नझार्ने कोही थिएनन् । शिर्षकको साथमा उनको मम्मी र संगीतकार बाबा चेतन सापकोटा तथा स्कूलका टिचरहरू पनि सिनेमा हलको परिसरमा थिए जुन माहोलमा छोराको आमा बुबा भन्दा एउटा स्टारको बाबु आमाले उनीहरू परिचित भएका थिए । 


भुवन केसीले निर्माण गरेको 'साथी म तिम्रो' मा निर्देशकीय पक्षले धेरै ठाँउमा असन्तुष्टी झल्किए पनि शिर्षकको अभिनय जिवन्त भैदिदा उनको अभिनयको अगाडी रेखा थापा र भुवन केसीको अभिनय पनि ओझेलमा परेको झल्किन्थ्यो । यध्यपी सिनेमामा भुवन र शिर्षकको माया, प्रेम र विछोडले दर्शकको मन तान्न सफल भैदिदा उपस्थित तीन सय विद्यार्थीको आँखा सायदैको रूझेको थिएन ।


फिल्म भित्र शिर्षक ट्वाईलेटमा सुतेको दृश्य, भोकै बस्नु परेको सिक्वेन्स तथा मम्मी बाबाको मिलन विछोडले भोग्नु परेको पिडाले उनका साथीहरूको आँसु झरेको थियो ।