
चलचित्र बिकास बोर्डले सार्वजनिक गरेको दश बुँदे निति मध्ये दुई बुँदामा असन्तुष्टी जनाएको चलचित्र संघको असन्तुष्टीलाई बार्ता टोली गठन गरी साम्य बनाउने सहमति भएको छ । शुक्रबार मध्यान्न चलचित्र संघसंग बोर्डले आफ्नै भवनमा बार्ता गर्दै संघको असन्तुष्टीलाई बार्ता टोली मार्फत चाडै टुङग्याउने जानकारी दिईएको हो ।
बैठक पश्चात फिल्मीखबरसंग कुरा गर्दै बोर्ड अध्यक्ष गणेश भण्डारीले सहमतिबाटै विवाद टुङग्याउने सहमति अनुरूप बोर्डको तर्फबाट सदस्य निलहरी काफ्ले र सदस्य सचिव धनराज ज्ञावालीको बार्ता टोली गठन गरिएको र चलचित्र संघको तर्फबाट गठन हुने दुई सदस्य बार्ता टोलीले असन्तुष्टीको बिषयलाई हल गर्ने जानकारी गराए । तर संघले आफ्नो बार्ता टोलीमा कसलाई समावेश गर्ने भन्ने बिषय केही दिनमा टुङगो लाग्ने बैठक पश्चात महासचिव प्रदिप उदयले जानकारी गराए ।
महासचिव उदयले भने, 'बडो सौहार्दपूर्ण बाताबारणमा छलफल भयो र तार्किक निस्कर्षमा पुग्ने सहमति भयो ।' यध्यपी पहिलो दिनको बार्ताबाट विवादलाइ टुङग्याउने सहमति भए पनि चैत्र ८ गतेका लागि तोकिएको केन्द्रिय भेलालाई निरन्तरता दिने उदयले बताए । उनले भने, 'सहमति नहुन्जेल भेला स्थगित हुने कुरा भएन । आजको यो बैठकलाई हेर्दा आन्दोलनमा जानुपर्ने स्थिति नआउला ।'
बोर्डले दश बुँदे योजनामा सिनेमा बिजनेस रिपोर्टलाई पारदर्शी बनाउने उद्देश्य स्वरूप पहिलो चरणमा राजधानी केन्द्रित भएर बक्स अफिस स्थापना गर्ने निर्णय गरेको थियो जसलाई चलचित्र संघले असन्तुष्टीको प्रमुख बुँदा भन्दै बोर्ड विरूद्ध आन्दोलनका कार्यक्रम गर्ने गत मंगलबार प्रेस विज्ञप्ती मार्फत जनाएको थियो । यध्यपी बक्स अफिस स्थापनाको बिषयमा संघले विश्वब्यापी नियमबाट बक्स अफिस स्थापना गरिनु पर्ने अडान राखेको छ भने बोर्डले बक्स अफिस आफैले सञ्चालन गर्ने अडान लिएको छ । यो बिषयमा उदय भन्छन्, 'बिकास बोर्डले बक्स अफिस स्थापना गर्ने हैन ट्रेड गाईडको रूपमा अर्कै निकायले स्थापना गर्नु पर्दछ । उता भण्डारी भने बक्स अफिस बोर्डलेनै स्थापना गर्ने आफ्नो अडानबाट पछि नहट्ने बताउछन् ।
बक्स अफिस स्थापनाको बिषयमा निर्माता संघले बोर्डको निर्णय स्वागत योग्य भनिसकेको अवस्थामा शुक्रबारको बैठकले विवाद साम्य हुने लक्षण देखाएको भनिए पनि यो विवाद त्यसै साम्य हुने सम्भावना न्यून छ । किनकी बक्स अफिस सञ्चालनको जिम्मा बोर्डले आफै गर्ने उदघोष गर्दै उक्त कार्यको लागि स्पेनको कम्पनीबाट सफ्टवेर खरिद गरिसकेको छ तर उता चलचित्र संघले ट्रेड गाईडको रूपमा बक्स अफिसलाई अर्कै निकायकबाट सञ्चालन गर्नु पर्ने अडानबाट पछि नहट्ने संकेत देखाएको छ । यध्यपी यो विवाद अन्त्य गर्नका लागि गठन हुन लागेको बार्ता टोलीले कस्तो निर्णय गर्छ त्यो भने केही दिनपछी थाहा हुने छ ।