
आज शुक्रबारबाट तीन चलचित्र प्रदर्शनमा आएका छन् । अर्जुन कुमारले निर्माण गरेको चलचित्र 'चपली हाईट' देशभरका करिब ४० सिनेमा घरमा रिलिज भएको छ भने शानु शाक्यले निर्देशन गरेको रक्षक र प्रदिप श्रेष्ठले निर्देशन गरेको सडक राजधानीका सिनेमा घरमा रिलिज भएको छ ।
१६ बर्ष भन्दा मुनिका दर्शकले हेर्न नपाउने गरि एडल्ट सर्टिफिकेट पाएको चलचित्र 'चपली हाईट' को ओपनिङ उत्साहजनक रहेको खबर प्राप्त भएको छ । बिशेष गरी चलचित्रको मल्टिप्लेक्स हलमा बिजनेश राम्रो भएको पाईएको छ । रिलिज पूर्व बिभिन्न स्क्याण्डलमा पर्दै आएको सेक्स साईकोलोजी सो चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्रमा अमिर गौतम, बिनिता बराल र राज घिमिरेको प्रमुख अभिनय गरेको छ ।
यस्तै राजेश हमाल, विराज भट्ट र रेखा थापा अभिनित चलचित्र रक्षक र आयुष रिजाल, रेखा थापा, सुमिना घिमिरे अभिनित चलचित्र सडकले पनि सन्तोषजनक व्यापार गरेको बुझिएको छ । यि दुबै चलचित्र मसलेदार हुन् । यि चलचित्रमा एक्सनलाई प्राथमिकता दिईएको छ । चलचित्र रक्षक क्यू सिस्टमबाट रिलिज भएको हो भने सडक खुल्ला प्रतिश्पर्धाबाट रिलिज भएको सिनेमा हो । चपली हाईटलाई भने डिसिएन च्यानलबाट रिलिज गरिएको हो ।
रिलिज भएका तीन चलचित्रमा फ्रेस र रिलिज पूर्व निकै चर्चामा आएको चपली हाईटले बढि दर्शक तान्ने आश गरिएको छ ।