
दुई दशक अघि डेब्यू सिनेमा 'चिनो' मा निभाएको रातेकाईंलाको नेगेटिभ क्यारेक्टरबाट जसरी सुनिल थापाले भिलेनको ट्याग भिरे सोही अनुरूप दर्जनौ सिनेमामा थापा नेगेटिभ क्यारेक्टरमा प्रस्तुत भएका छन् ।
मुस्किलले औंलामा गन्न सकिने सिनेमामा मात्र पोजेटिभ क्यारेक्टरमा देखिएका थापाले पछिल्लो समय बनेका सिनेमामा भने आफ्नो अभिनयलाई परिमार्जित गरेका छन् । बिहिबार एक फिल्मीजमटमा देखा परेका थापा सिनेमाको भिलियन रूपमा देखिए । सायद गर्मीको कारणले हो वा खेलिरहेको सिनेमामा त्यस्तो भुमिका भएर हो उनी तक्लु भएर कार्यक्रमको माहोलमा आउँदा उनको गेटअपको तारिफ गर्ने धेरै थिए ।
कालो कुर्तामा रियल भिलेन जस्तै भएर आएका थापाको दाहिने कानमा कुण्डल समेत थियो । लाग्थ्यो कि त्यो गेटअप हेर्दा अब थापा रियल लाईफमा पनि भिलेन लुक्समा देखिन चाहन्छन् । उमेर पचास पार भए पनि थापा त्यो लुक्समा आउँदा उनी भखैरै तीस काटेका जस्तै देखिन्थे । फुलेको कपाल नै चैट भएपछि अधबैंशे नदेखिउन पनि किन ।
कुनै समय हिन्दी सिनेमा सोलेको नेगेटिभ गब्बर सिंहको नाम लिना साथ केटाकेटी डराउँथे र नेपालमा पनि सुनिल थापाको नाम लिना साथ बालबालिकामा त्रसिदको भावना पैदा हुन्थ्यो तर विगतको जस्तो बोल्ड क्यारेक्टरमा त्यति नदेखिएका थापा बिहिबारको लुक्सबाट आफ्नो पुरानो छविलाई पुनः फर्काउने प्रयासमा लागेको देखिन्थ्यो । नभए आफै मुल्याकंन गर्नुस् थापाको गेटअप कस्तो लाग्यो तपाईलाई ?