मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मीखबर तेस्रो बर्षमा (फोटो फिचर)

फिल्मीखबर, काठमाण्डौ, 2012/03/15

नेपाली चलचित्रको बारेमा समाचार सम्प्रेशण गर्दै आएको साप्ताहिक पत्रिका फिल्मीखबरले आफ्नो दुई बर्षे बार्षिकोत्सव मनाएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सञ्चारकर्मी र कलाकर्मीको उपस्थितीमा पत्रिकाले तेस्रो बर्षमा प्रवेश गरेको भन्दै खुसी साटासाट गरेको हो ।

 

फिल्मीखबर पत्रिका प्रविशा प्रकाशनले सञ्चालन गरेको पत्रिका हो । प्रकाशनका अध्यक्ष प्रदिप उदयले पत्रिकालाई आगामी जेठ देखि बृहत ढङ्गले सञ्चालन गर्ने बताए । प्रधानसम्पादक शान्ति प्रियले आगामी अंकबाट थप परिस्कृति हुँदै पत्रिकाको प्रकाशनलाई निरन्तरता दिने बताए । उनले आफ्नो पत्रिकाले केही महिना पश्चात टेलिभिजन कार्यक्रम मार्फत कार्यक्रम प्रसारण गर्ने त्यसैगरी छायाँछवि डिजिटल सिनेमा अवार्डमा फिल्मीखबरको सहयकार्य गर्दै उक्त अवार्ड गर्ने जानकारी गराए ।

 

कार्यक्रममा रेखा थापा र आर्यन सिग्देललाई बर्ष उत्कृष्ट फिल्मीखबर अभिनेत्री र अभिनेताको सम्मान दिईयो भने पत्रिकालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने संघसंस्था तथा व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । पत्रिका हरेक बिहिबार प्रकाशित हुने गर्दछ ।

 

कार्यक्रमका केहि तस्विरहरू