मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखा र आर्यनले हात मिलाए

फिल्मीखबर, काठमाण्डौ, 2012/03/15

पक्कै पनि सानो ईन्डष्ट्रीमा उब्जिएको मनमुटावलाई ठूलो बनाउनु एक अर्काका लागि घाटाको बिषय हो । अझ सिनेमाको पर्दामा हिट भएका कलाकारले यो बिषयलाई झनै बौद्धिक दृष्टीले हेर्नु पर्ने हुन्छ । जुन हेराई र भोगाईको दुई बर्षे यात्रा पार गर्दै आर्यन सिग्देल र रेखा थापाको सम्बन्ध सुध्रिने संकेत देखा परेको छ ।


रेखा फिल्मसबाट सिनेमा यात्रा सुरू  गरेका आर्यनले सोही ब्यानरबाट निरन्तर तीन वटा फिल्म खेले जुन फिल्म हिट भएका थिए तर समय बदलियो अनि रेखा र आर्यनको मन पनि बदलियो जस अनुरूप कस्ले चोर्‍यो मेरो मन खेलेको केही समय पश्चात उनीहरू सम्बन्धमा धमिलो पना आयो । यति सम्मकी रेखा र आर्यनको धमिलो पानीमा माछा मार्न खोज्ने धेरै आए तर त्यो धमिलो पानीबाट सायद कुनै पनि माझीले भने जस्तो माछा फेला पार्न सकेन ।


फेरी समयले कोल्टे फेर्दै  रेखा र आर्यनको सम्बन्धको यूर्टन हुने सम्भावना प्रवल देखिएको छ । बिहिबार फिल्मीखबर साप्ताहिकले आफ्नो २ बर्षे स्थापना यात्रा पार गरेको अबसरमा आयोजित कार्यक्रममा जव रेखा र आर्यनले बर्ष उत्कृष्ट अभिनेत्री र अभिनेताको अवार्ड आफ्नो पोल्टोमा पारे तव माहोललाई आफ्नो बोलीले ड्राईभ गरिरहेका सञ्चारकर्मी नरेश भट्टराईले भने, 'यति चर्चित जोडी रिसाएको सुहाउदैन त्यसैले सफलताको खुशी साट्न अंगालो मार्नुस् ।' नरेशले यति मात्र के भनेका थिए ड्यासमा उभिएका आर्यन र रेखा केही बेर स्तब्ध भए । तर निरन्तर रूपमा सञ्चारकर्मी भट्टराईले अंकमाल नगरे कमसेकम रिस राग फाली हात त मिलाई दिनु भन्दा रेखा र आर्यनले हाँस्दै हात मिलाए । मासको अगाडी मिडिया पर्सनबाट त्यस्तो आग्रह आउदा रेखाको अनुहार डल भएको थियो । तर जव आर्यनले आफ्नो हात रेखा तर्फ बढाए तव रेखाले पनि अध्यारो आफ्नो अनुहारलाई उज्यालो बनाउदै आर्यनले दिएको हात समाईन् । 


हात मिलाईले कार्यक्रमको माहोल रोचक बनाएपछी रेखाले पोडियममा आफूहरूको सम्बन्ध नविग्रिएको भन्दै आर्यनका मुक्त कण्ठले तारिफ गरिन् । तर रेखा बोल्नु अघि आर्यनले दुई शब्द बोल्दै अन्य कुरा गरे । आर्यन बोले पछी रेखाले पोडियममा गएर भनिन्, 'हाम्रो सम्बन्ध विग्रिएको हैन । छवि ओझाको सम्पत्ती हो आर्यन सिग्देल र रेखा थापा । रेखा थापाले ल्याएको हैन आर्यन सिग्देललाई छवि ओझालाई ल्याएको हो ।' छवि ओझाले नै आर्यन र रेखालाई पनि जन्माएको कारण दुई छोराछोरी अहिले पुलपुलिएको बताउँदै रेखाले थपिन्, 'हाम्रो कुनै पनि मनमुटाव छैन । उसलाई मैले त आफ्नो मान्छे आफ्नो घर भित्रको परिवारको रूपमा लिन्छु । कहिले काही आफ्नो घर भित्रको दाजुभाईसंग दिदीबहिनीसंग खासाकखुसुक त भैहाल्छ ।'

 

आफूहरूको नियमित चलचित्र नआएको कारणले गर्दा मान्छेहरूलाई त्यस्तो भ्रम हुन सक्ने बताउँदै रेखाले भनिन्, 'मैले निर्माण गरेको रावण चलचित्रमा नयाँ अनुहारको खाचो भएकाले सविन श्रेष्ठलाई लिएको थिए तर त्यसलाई पनि विभिन्न रूपमा लिईयो । आर्यनलाई मन मुटाव भएर नलिएको भन्ने कुरा होला । आर्यन एकदमै राम्रो कलाकार हो । किस्मतमा पहिलो पटक हामीले लिएका थियौ । उसलाई मैले भन्दा छवि ओझाले लिनु भा'को थियो । म उसको अभिनयको फ्यान पनि हुँ । मलाई असाध्य मन पर्छ आर्यन । एज अ पर्सन हि ईज भेरी गुड ।'


रेखाले आफ्नो तारिफ गरे पछी आर्यन नतमस्तक भएका थिए । यस्तै अन्य कार्यक्रममा रेखालाई देख्दा चाडै निस्किने आर्यन कार्यक्रमको लन्च आवरमा पनि संगै थिए । जहाँ उनीहरूको हात मिलाईको चौतर्फी चर्चा चलिरहेको थियो । कोही मेरो रिलिज भएको समयमा दिनेश डिसीले आर्यनलाई सोधेका थिए, रेखा थापा कि झरना बज्राचार्य ? प्रतिउत्तरमा आर्यनले झरना भनि उत्तर दिएपछी रेखा र आर्यनको सम्बन्धमा धमिलो पना सुरू भएको हो । जस कारण हरेक कार्यक्रममा रेखा र आर्यनको व्यङ्ग्य चलिरहन्थो जुन व्यङ्ग्य केही महिना अघि आयोजित डिजिटल फिल्म अवार्डमा पनि भैदिंदा यो बिषयले माहोल तताएको थियो ।