मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रोमोशनसँगै कलाकारको खोजी

अर्पण ढकाल, धरान, 2012/03/15

नेपाली चलचित्र उद्योगमा सदाबहार नायकको रुपमा रहेका भुवन केसी बारम्बार विभिन्न विवादमा आइ रहन्छन । स्क्यान्डल किंगको रुपमा समेत परिचित भुवनलाइ रुचाउने फ्यानको संख्या अझ नि धेरै रहेको छ । झन्डै तिन दशक देखि अनवरत रुपमा यसै क्षेत्रमा क्रियासिल भुवन एक राम्रा फिल्म मेकरको रुपमा समेत स्थापित छन् ।

 

आफ्नै ब्यानर काजल फिल्म्सको पछिल्लो प्रोजेक्ट 'साथी म तिम्रो' फाल्गुन १९ बाट देशब्यापी रिलिज भएपछि यतिबेला उनि यसैको प्रोमोसनमा ब्यस्त छन् । देशभरबाट राम्रो प्रतिक्रिया बटुलिरहेको सो चलचित्रको प्रत्यक्ष प्रतिक्रिया लिन र दर्शकसंग अन्तरक्रिया गर्न उनि देश दौडाहाको क्रममा रहेका छन् । यसै मेसोमा भुवन पुर्व आएर चलचित्रको प्रोमोसन गरेर फर्किएका छन् ।


आफ्नो चलचित्रको शुटिंगबाट नै वान मेन आर्मीको रुपमा खटिने भुवन चलचित्रका अन्य कलाकार बिना प्रोमोशनमा दौडेका छन् र उनलाई चलचित्रका प्रोडक्सन मेनेजर गणेश सापकोटा र पत्रकार सबिन शाक्यले साथ दिएका छन् । आफ्नो चलचित्रको पब्लिसिटी गर्न कुनै कसुर नछाड्ने भुवन पूर्वमा चलचित्र प्रदर्शन भैरहेको अधिकांश हल पुगेका थिए । हल पुग्न साथ दर्शकबाट घेरिएका भुवन दर्शकसंग फोटो खिच्न, अटोग्राफ दिन ब्यस्त हुन्थे । प्रत्येक हलका म्यानेजर देखि लिएर सानो पदको स्टाफलाई समेत आफुले उत्कृष्ट चलचित्र बनाएको र सकेसम्म सहयोग गर्न आग्रह गर्थे । हलमा भेला भएका दर्शक बाहेक आफु बसेको होटेल, बाटो अथवा जाहि कहिँ भेटिएका फ्यानसंग निसंकोच फोटो खीचाउदै आफ्नो चलचित्रको बयान गर्न उनि पछि पर्दैनथे ।


दुई दिन पूर्वमा बिताएका भुवन धरानको गणेश टाकिज, झुम्काको मनकामना चलचित्र मन्दिर, बिराटनगरको हिमालयन टाकिज, दमकको पाथिभरा र दमक चित्र मन्दिर र बिर्तामोडको अन्नपुर्ण टाकिज पुगेर चलचित्रको प्रोमोशन गरेका थिए । भुवन आफु पुगेका प्रत्येक हलमा दर्शकलाइ सम्बोधन गर्दै चलचित्र हेरेर आफ्ना साथी, छिमेकि र अरुलाई पनि चलचित्र हेर्न प्रेरित गर्न अनुरोध गर्थे । साथी म तिम्रो पछि छोरा अनमोल केसीलाइ लिएर आफ्नो निर्देशनमा चलचित्र बनाउन लागेको र त्यस चलचित्रमा सम्पूर्ण कलाकार नयाँ हुने बताउँदै कोहि चलचित्रमा खेल्न इच्छुक भए सम्पर्क गर्न आग्रह गर्दै आफ्नो मेल आइडी दिन समेत उनले भ्याएका थिए ।

 

कुनै जमानाका गायक समेत भएकोले हलमा भेला भएका दर्शकसामु उनले आफ्नो चलचित्रको गित सुनाएर मनोरञ्जन प्रदान गरेका थिए । दर्शकले अनमोल र चलचित्रको बालकलाकार शीर्षक सापकोटाको समेत डिमाण्ड गरेपछि अर्को चोटी फेरी उनीहरुलाइ लिएर आउने बाचा समेत उनले गरे । पूर्वका झन्डै दर्जन हलमा तेस्रो सातामा प्रदर्शन भैरहेको चलचित्रले पुर्बेली दर्शकको राम्रै साथ पाइरहेको छ । चलचित्र रिलिज भएको दिन र बिचमा परेको बन्दले भने कलेक्सनमा केहि घाटा पुर्याएको छ । पूर्वको भ्रमण सकेर भुवन बुटवल हुदै पोखरा तिर लागेका छन् ।