मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ओसाका एसियन फिल्म फेस्टिभलमा सहभागी हुन सुब्बा र यश जापान उड्दै

फिल्मीखबर, काठमाण्डौ, 2012/03/15

जापानको ओसाका एसियन फिल्म फेस्टिभलमा सहभागी हुन निर्देशक सुरज सुब्बा नाल्बो र गायक तथा नायक यश कुमार आज दिउँदो २ बजे जापान उड्दै छन् । मार्च ४ देखि चलेको सो फेस्टिभलमा आफ्नो चलचित्र 'बाटो मुनिको फूल' पनि छनोटमा परेको र १६ मार्चमा स्क्रिनिङ हुन लागेकाले उनीहरू त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

 

‘फ्लावर बाइ द वेसाइड’ नाम दिईएको चलचित्र 'बाटो मुनिको फूल' जापानी भाषामा सबटाईटल गरेर स्क्रिनिङ गरिंदैछ । फेस्टिभलको आधारिक वेभसाईटमा सो चलचित्रको स्पेशल स्क्रिनिङ हुने उल्लेख गरिएको छ । चलचित्र जापानको समय अनुसार मार्च १६ तारिख शुक्रबार मध्यान्न १२ बजे कान्साइमा स्क्रिनिङ गरिंदैछ । यसैगरी मार्च १८ तारिखका दिन साँझ ६:५० मा पनि सो चलचित्रलाई कान्साइमा पुन: स्क्रिनिङ गरिने फेस्टिभलको वेभसाईटमा उल्लेख छ ।

 

आफ्नो चलचित्र यसरी अर्न्तराष्ट्रिय फेस्टिभलमा छनोट भएकोमा खुसी व्यक्त गर्दै निर्देशक सुब्बाले यो सम्पूर्ण चलचित्रकर्मीले पाएको सफलता भएको बताए । उनले भने, 'नेपाली चलचित्र यसरी अर्न्तराष्ट्रिय फेस्टिभलमा पुग्नु हामी सबैको लागी गर्वको कुरा हो ।' यस्तै चलचित्रका निर्माता तथा नायक यश कुमारले पनि यसलाई चलचित्र उधोगकै सफलताको रूपमा हेरेको बताए ।