मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मोबाईलमा नेपाली गीत सुन्दिनन् केकी

रेम बिक, पोखरा, 2012/03/15

नेत्र गुरुङको निर्देशनमा कास्कीको पर्यटकिय गाउँ भदौरे सम्बन्धि गीतको शुटिङका लागी केहि दिन अगाडी भेटिएकी नायिका केकी अधिकारीले मोबाईलमा नेपाली गीत नसुन्ने बताईन् ।


केकीलाई नेपाली गीत मन नपरेर नसुनेकी होलिन् भन्ने शंका सहित सोधिएको यो प्रश्नले उनी केहि मन्द मुस्काईन् । जवाफमा उनले भनिन्,‘मैले कहाँ नेपाली गीत मन नपरेर नबजाएको हो त नी ? मैले मेरो मोबाईलमा नेपाली गीत नै राख्दिन ।' नेपाली गीत संगीतमा बढिरहेको पाईरेसीको विरुद्ध मोबाईलमा नेपाली गीत नराखेको उनको भनाई छ । ‘मोबाईलमा गीत राख्यो ब्लुटुथ मार्फत अर्को मोबाईलमा सार्नको लागी जो कसैले माग्छ’ उनले भनिन्, ‘जुन सरासर पाईरेसी हो ।’

 

एउटा कलाकारले ठूलो आशा र लगानी सहित बनाएको गीत एउटा मोबाईलबाट अर्को मोबाईलमा सार्दै जाँदा उसको गाँस र आश लुट्नु बाहेक अरु केहि नभएको उनले बताईन् । ‘एउटा कलाकारले अर्को कलाकारको दुख त बुझिदिनुपर्‍यो नि', केकीले भनिन् । स्वयं कलाकारहरु नै आफ्नो गीत भन्दै सबैलाई बाँड्दै हिँड्छन् नी ? भन्ने  अर्को प्रश्नमा उनले एउटा आदर्श वाणि बोलिन्, ‘संसार बदल्नु छ भने शुरुवात त आफैबाट गर्नुपर्छ ।’

 

केकीले आम स्रोता दर्शकलाई पनि गीत पाईरेसी नगर्न आग्रह गरिन् । उनले भनिन्, 'गीत सुन्नु नै छ भने सिडी किनेर सुन्नु होला नत्र एफएम र टिभी मा सुने पनि हुन्छ तर पाईरेसी रोक्न मोबाईल प्रयोग नगर्नुहोला ।' पछिल्लो समयमा गीत संगीतमा चरम पाईरेसी भईरहेको अवस्थामा सबैलाई केकीको जस्तो सोँच आईदिए कति राम्रो हुने थियो होला । त्यसैले अब सम्पूर्ण संगीतप्रेमीहरू केकी बन्न तर्फ लाग्ने पो हो की ?