
विद्यार्थी विग्रिए भन्दै बिहानी शो खारेजी गर्ने निर्णय अघि सारेको चलचित्र बिकास बोर्डले उक्त निर्णयलाई परिमार्जित गर्ने भएको छ । गत सोमबार उद्योगको हितको लागि भन्दै विभिन्न दश बुँदे कार्ययोजना सार्वजनिक गरेको बोर्डले आफ्ना सार्वजनिक नितिमा केही संघसंस्था तथा मिडियाबाट समेत आलोचना खेपे पछी उक्त बिषयलाई परिमार्जित गर्ने संकेत देखाएको हो ।
बुधबार चलचित्रसंग सम्बन्धित प्रमुख संघसंस्थाका प्रतिनिधिसंगको छलफल पश्चात प्रवक्ता विकास आचार्यले भने, 'प्राय सवै बुँदामा सवैजना सकारात्मक देखिनु भएको छ तर बिहानीको शो अलि बैज्ञानिक भएन भन्ने तर्क आएपछी यो बिषयमा बोर्डले परिमार्जित सहित नयाँ प्रतिक्रिया सार्वजनिक गर्ने छ ।' छलफलमा अखिल नेपाल चलचित्रकर्मी संघ, प्राविधिक संघ, द्धन्दकलाकार संघ, निर्माता संघ तथा कलाकार संघका प्रमुख ब्यक्तिको उपस्थिति रहेको थियो । तर बोर्डका केही बुदामा असन्तुष्ट जनाउदै मंगलबार प्रेस विज्ञप्ती मार्फत आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको चलचित्र संघका पदाधिकारी भने उपस्थित थिएनन् यस्तै निर्देशक समाजबाट पनि कोही प्रतिनिधी छलफलमा सहभागी भएनन् ।
छलफलमा सहभागी कलाकार संघले बिहानी शो खारेजीमा पूर्ण आपत्ति जनाउँदै निति परिर्वतन गर्न दवाव दिएको छ भने सेन्सर र हल बर्गिकरणको बिषयमा बैज्ञानिकता हुन पर्ने तर्क अघि सारेको बैठक पश्चात अध्यक्ष रमेश बुढाथोकीले जानकारी गराए । यस्तै कलाकार संघले बिहानीको शो खारेज नहुने तर्क सारे पनि निर्माता संघले बोर्डको सम्पूर्ण बुँदामा सहमति जनाएको छ यध्यपी बिहानी शो हटाउने बिषयमा असन्तुष्टी बढे पछी निर्माता संघले समेत बिहानीको शो बन्द सम्बन्धमा परिमार्जित गर्न तत्पपरता देखाएको छ ।
बैठक पश्चात निर्माता संघ अध्यक्ष राजकुमार राईले भने, 'बोर्डको सवै बुँदा जायज छन् तर बिहानी शो बन्द सम्बन्धमा उठेको यो सानो विवादलाई सुल्झाएर लानु ठूलो कुरा हैन त्यसैले यो बिषयमा पनि बोर्डले उपयूक्त निर्णय गर्छ भन्ने बिषयमा म विश्वस्त छु ।' नेपालमा साढे दुई सयको संख्यामा सिनेमा हल सञ्चालनमा छन् त्यसमध्ये औलामा गन्न सकिने संख्याको रूपमा सिनेमा हलले बिहानी शो सञ्चालनको स्वीकृति लिएका छन् । जसकारण विना स्वीकृति सिनेमा देखाएको भन्ने तर्क अघि सार्दै बिहानी शोमा विद्यार्थी कलेज छाडी फिल्म हलमा ज्यादा भेटिएको तर्क सहित बोर्डले बिहानी शो बन्द गर्ने जनाएको हो । बिहानी शोमा पचास प्रतिशत छुट हलको नियम र सोही छुटबाट प्रलोभनमा परेका विद्यार्थीको बिहानी शो हेर्न कलेज बंक गरेको प्रसङ्गलाई बोर्डले सामाजिक उत्तरदायित्व ठान्दै बिहानीको शो बन्द गर्ने निर्णय गरेको हो । तर विद्यार्थीलाई बन्देज लगाउने गरी ल्याईएको उक्त निति अबैज्ञानिक भैदिदा यो बिषयमाथि केही संघसंस्थाले असन्तुष्टी ब्यक्त गरेका हुन् ।
बिहानी शो बन्दको बिषयमा मिडियाबाट पनि तर्कसंगत नभएको भनी टिप्पडी सार्वजनिक भैसकेका छन् । तर चलचित्र संघको हकमा भने बोर्डको अधिकाश बुँदामा असन्तुष्टी रहेको छ । तसर्थ बोर्डको निति विरूद्ध चैत्र ८ गते आन्दोलनको घोषणा गरेको चलचित्र संघको असन्तुष्टीलाई बोर्डले कसरी सम्बोधन गर्ने त्यो भने प्रमुख प्रश्नको रूपमा उठेको छ ।