
चलचित्र पत्रकार संघको पाँचौ शाखाको रुपमा बिस्तार भएको चलचित्र पत्रकार संघ शाखा सर्लाही महोत्तरीले सर्लाही र महोत्तरीमा क्रियाशिल चलचित्र पत्रकारहरुको कल्याणकारी कोष स्थापनार्थ चलचित्र दासढुंगाको बिशेष प्रदर्शनी बुधवार बिहान ०९:०० बजे सर्लाही स्थित बिणा चलचित्र मन्दीर लालबन्दीमा गरेको छ ।
एमालेका चर्चित नेता स्वर्गीय मदन भण्डारि हत्या काण्डमा आधारीत यो चलचित्रको शो हेर्न यसै चलचित्रका निर्देशक मनोज पण्डित मंगलवार नै सर्लाही आएका थिए । मोफसलमा रही चलचित्र पत्रकारीता गर्न साह्रै कठिन हुने हुँदा भबिश्यमा पर्ने समस्यामा सहयोग गर्नका निमित्त कल्याणकारी कोष स्थापना गर्न लागीएको शाखा अध्यक्ष चन्द्र राईले बताए । शो हेर्न प्रमुख अतिथिका रुपमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम प्रसाद थपलिया तथा एमाले नेता रेवति पन्त र कंग्रेस नेता बिनोद खनाल सहित सर्लाही र महोत्तरीका दर्शकहरुको उपस्थिति थियो ।
शो प्रमुख अतिथि सहित सम्पुर्ण दर्शकको तालिद्धारा उद्घाटन गरि देखाइएको थियो । चलचित्र हेर्नका लागी आएको युवा जमात देखेर दङ्ग परेका निर्देशक पण्डितलाई युवाको प्रतिक्रियाले निकै उत्साहित वनाएको थियो । चलचित्रको बिशेष प्रदर्शनी हेर्न अएका प्रजिअ थपलियाले चलचित्र निकै राम्रो लागेको प्रतिक्रिया दिदै चलचित्र हेर्ने अवसर दिएकोमा चलचित्र पत्रकार तथा निर्देशक पण्डितलाई वधाई दिए भने चलचित्रका निर्देशकसँगै बसेर चलचित्र हेर्दा छुट्टै अनुभव भएको स्थानीय चलचित्र पत्रकारहरुले वताए । आगामी दिनमा सन्देस मुलक चलचित्रहरुको प्रर्दशनी गरिने संघले जनाएको छ ।