
आफूले सार्वजनिक गरेका दश बुँदे नीति तथा कार्यक्रम योजना माथी छलफल गर्न चलचित्र विकास बोर्डले चलचित्रसँग सम्बन्धित संघसंस्थालाई आफ्नो कार्यालयमा बोलाएको छ । आज मध्यान्न १२:३० बजे बोर्डको सभा हलमा दश बुँदे नीति तथा कार्यक्रम योजना माथी छलफल हुने बोर्ड अध्यक्ष गणेश भन्डारीले फिल्मीखबरलाई जानकारी गराए ।
सोमबार सार्वजनिक दश बुँदे नीति तथा कार्यक्रम योजनाका बारेमा चलचित्र संघले आपत्ति जनाउँदै चरणबद्ध आन्दोलनको घोषणा गरेको २४ घण्टा बित्न नपाउँदै बोर्डले सम्पूर्ण संघसंस्थालाई छलफलका लागि डाकेको बुझिएको छ । बोर्डले गरेको निर्णय प्रति सम्बन्धित संघसंस्थाले नै बिरोध गरेपछि छलफलका लागि डाके पनि बोर्ड आफ्नो निर्णयमा अडिग रहने अध्यक्ष भण्डारीको भनाई छ ।
आफ्ना निर्णयमा अडिग रहेको बोर्डले यसरी आपतकालिन बैठक बोलाउनुलाई केहि अर्थपूर्ण तरिकाले बिष्लेशण गरिएको छ । हेरौं आजको बैठकले कस्तो मोड लिने हो ।