मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रमेश त्वायनाको नयाँ प्रोजेक्ट 'आधि बाटो'

फिल्मीखबर, काठमाण्डौ, 2012/03/14

पछिल्लो समय एनआरएनहरू नेपाली कलासंस्कृतिको जगेर्ना गर्न तथा नेपाली चलचित्रको विकास र विस्तार गर्न लगानी गर्दै आफ्नो सक्रियता बढाउन थालेका छन् । यहि क्रमलाई निरन्तरता दिंदै लक्जम्बर्गका एनआरएन रमेश त्वायनाले नयाँ प्रोजेक्टको घोषणा गरेका छन् ।

 

हामी तीन भाई, भरोसा र हाँसि देउ एक फेर जस्ता चलचित्र निर्माण गरिसकेका त्वायनाले फिल्मीखबर मार्फत 'आधि बाटो' नामको नयाँ प्रोजेक्ट निर्माणको घोषणा गरे । जेठो छोरा राउलको नामबाट 'राउल प्रोडक्सन' नामको कम्पनी स्थापना गरी उनले फिल्म बनाउने निर्णय गरेका हुन् । युवानिर्देशक सबिर श्रेष्ठलाई लिएर निर्माण गर्न लागेको सो चलचित्रको हाल स्क्रिप्टको काम भईरहेको निर्माता त्वायनाले बताए । उनले दिएको जानकारी अनुसार चलचित्रको सुटिङ भाद्र महिनाको पहिलो साता गरिनेछ ।

 

एउटा उद्देश्य बोकेर हिंडेको व्यक्तिले बाटो भुलेपछि कस्ता कस्ता समस्याको सामना गर्नुपर्छ भन्ने थिममा आधारित रहेर निर्माण शुरू गर्न लागिएको सो चलचित्रको कथा गायक तथा नायक यश कुमारले लेखेका हुन् भने संगीत पनि उनैको रहने छ । युवाहरूको साथ लिएर फरक कन्सेप्टमा फिल्म बनाउन लागेको बताउँदै निर्माता त्वायना सबिरलाई लिनुको कारण बारे प्रस्ट्याउँदै भन्छन्, 'मेरो स्क्रिप्टलाई न्याय गर्न सक्ने निर्देशक सबिर नै देखेर मैले लिएको हुँ । यस पटक हामी केहि नयाँ प्रयोग गर्दैछौं ।'

 

हाँसि देउ एक फेरबाट नमिठो झट्का खेपेका त्वायनालाई फेरि फिल्म निर्माणमा लाग्नुको कारण बारे बुझ्दा उनले भने, 'सफल हुनको लागी असफल हुनुपर्छ ।' यस्तै उनले घाटाको रिक्स लिएर फाईदाको आशमा चलचित्र निर्माण गर्न लागेको समेत बताए । पुरानो धारबाट हटेर नयाँ प्रस्तुतीमा फिल्म बनाउन लागेकाले केहि रिक्स हुनु स्वाभाविक रहेको उनको भनाई छ ।