मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आर्यन र दिप्तीको रोमान्स सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/03/14

मलेशियाबाट प्रदर्शनको शुरूवात गर्न लागेको प्रतिक्षित चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' को गीतलाई फिल्मीखबर डटकमले एस्क्लुसिभ रूपमा वर्ल्ड प्रिमियर गरेको छ । मलेशियामा आउँदो आईतवार प्रिमियर गर्न लागिएको सो चलचित्रको प्रिमियर गीतमा नायक आर्यन सिग्देल र नवनायिका दिप्ती गिरीको अनस्क्रिन रोमान्स हेर्न सकिनेछ ।

 

प्रमोद ढुंगानाको शब्द तथा दिनेश सुनामको संगीत रहेको सो गीतमा स्वरूपराज आचार्य र अञ्जु पन्तले स्वर दिएका छन् । संगीतको तालमा कविराज गहतराजले आर्यन र दिप्तीलाई एकअर्काको प्रेममा डुबाउँदै अभिनय गराएका छन् । रेड क्यामेराले छायाँकन गरेको सो गीतमा धुलिखेल र काठमाण्डौ आसपासका रमणिय स्थानलाई दृष्यावलोकन गर्न सकिनेछ ।

 

कृषा चौलागाईंको निर्माणमा सबिर श्रेष्ठले निर्देशन गरेको प्रेमकथामा आधारित यस चलचित्रमा दिप्तीले नायिकाको रूपमा डेब्यू गरेकी हुन् भने आर्यनले अभिनय गरेर रिलिज हुन बाँकि रहेको यो अन्तिम चलचित्र हो । सबै मिल्ने केटाकेटी व्वायफ्रेण्ड र गर्ल फ्रेण्ड हुँदैनन् । उनीहरू असल साथी मात्र पनि हुनसक्छन् भन्ने मूल भाव बोकेर निर्माण गरिएको सो चलचित्रमा शिब ढकालको छायाँकन रहेको छ भने कथा शिबम अधिकारीले लेखेका हुन् ।

 

निर्माता चौलागाईंले 'के म तिम्रो साथी बन्न सक्छु' लाई महत्वाकांक्षी को रूपमा हेरेको बताउँदै आएकी छिन् । चलचित्र प्रदर्शनका लागि हाल मलेशियामा रहेकी निर्माता चौलागाई छिट्टै इजरायल, बैङकक, सिंगापुर र कतार पनि जाँदैछिन् । चलचित्र राम्रो बनाएको बताउँदै उनी एनआरएनहरूसँग मित्रताको हात अगाडी बढाउँदै आफ्नो चलचित्रलाई बिश्वव्यापीकरण गर्न चाहन्छिन् । उनी भन्छिन्, 'राम्रो चलचित्र सबै दर्शकले हेर्न पाउनु पर्छ भन्ने मेरो मान्यता हो ।'