
केही हद सम्म नेपाली सिनेमाको विद्यामान समस्यालाई सम्बोधन गर्दे चलचित्र बिकास बोर्डले दश बुँदे कार्ययोजना सार्वजनिक गरे पनि ती योजना कार्यान्वयनको बिषयमा आशंका पनि त्यतिैकै छन् । यस अघि बोर्डले विभिन्न कार्यकालमा विभिन्न योजना सार्वजनिक गरे पनि गणेश भण्डारीको दुरदर्शी भिजन केही हदसम्म लागू भएको पाईन्छ । एक महिना अघि सिनेमा संकटकालको बिषयमा भण्डारीले आफ्नो मुख नखोलेका हैनन् तर उनले बोलेको उक्त बोली हराएर गयो । सिनेमा संकटकालको सिक्कालाई लुट जस्तो चलचित्रले उल्टाई दिएपछी भण्डारीको संकटकालको योजना आफै संकटमा परेको हो ।
मुख्यत: सार्वजनिक कार्ययोजनाको पहिलो नम्बरको बुँदामा उल्लेख गरिएका चलचित्र ऐन लागू हुनु नै सवैभन्दा खुशीको कुरा हो यध्यपी सधै सत्ताको लुछाचुडीमा ब्यस्त रहने क्याविनेटले कहिले यो बिषयमा अन्तिम निर्णय गर्छ त्यो सवैभन्दा ठूलो पर्खाईको बिषय भईदिईएको छ अहिले । चलचित्र ऐन लागु भएमा सर्वप्रथम बोर्ड स्वायत्त हुने छ भने निर्णयको अधिकार उसमा केन्द्रित हुने छ जुन बिषयले सिनेमा उद्योगको फड्को मार्ने कुरामा दुई मत छैन । बोर्डले सार्वजनिक गरेको निति तथा कार्यक्रममा अन्र्तराष्ट्रिय बजारमा नेपाली सिनेमाको बजार विस्तार गर्न चलचित्र महोत्सव गर्ने तयारी गरे पनि एकाध ब्यक्तिले विदेशी डायस्पोरामा गर्ने आफ्नो चलचित्रको एकल प्रदर्शन भन्दा बृहत होला भन्ने बिषयमा आशंका छ ।
बहुसंख्यक नेपालीहरू रहेको खाडी मुलुक कतारमा बोर्डले आउदो जुन १ तारिखका दिन चलचित्र महोत्सव गर्ने जनाए पनि यो महोत्सव कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै नहोला भन्न सकिन्न । यस्तै बोर्डले मध्यपश्चिमाञ्चल लक्षित गर्दै चैत्र महिनामा चलचित्र महोत्सव गर्ने जनाए पनि यो बिषयमा पनि बैज्ञानिकता देखिदैन । मोफसलका दर्शकलाई समेत चलचित्रको दायरामा ल्याउने बोर्डको प्रयास भएपनि मनोरञ्जन क्षेत्रको सवैभन्दा बिशिष्ट क्षेत्र सिनेमा उद्योगलाई सरकारी निकायले पहिलो प्राथामिकतामा राजधानी केन्द्रित वा ठूला शहर केन्द्रित गर्दै आयोजना गर्ने निर्णय गरेको भए राष्ट्रिय स्तरको महोत्सवको भ्यालु छुट्टै हुने थियो ।
बोर्डले अधिकार प्रत्यायोजन सहित प्रदर्शनको अधिकार तोक्ने निर्णय आफ्नो हकमा भएको भन्ने उल्लेख केही हद सम्म जायज देखिएपनि प्रदर्शक, वितरक र निर्माताहरूसंगको छलफल विना प्रदर्शन प्रणाल पावर सेन्ट्रोलाईज गर्ने जस्तो देखिएको छ जसकारण प्रदर्शनको बिषयमा किचलो उत्पन्न भईसकेको छ । हाल क्यू र साईडबाट सिनेमा प्रदर्शन भैरहेका छन् त्यसमाथि वितरक र केही मैहु भन्ने निर्माताको दादागिरीको आधारमा सिनेमा रिलिजमा मोनोपोली पनि देखिएका छन् जुन बिषयलाई बोर्डले आफूमा सम्पूर्ण अधिकार रहेको भन्दै आगामी दिनमा सिनेमा प्रदर्शनको अधिकार आफूमा मात्र रहेको जनाउदै प्रदर्शनको अधिकारमा आफूबाट लागू गर्न खोज्नु चुनौती पूर्ण देखिन्छ । तसर्थ यो बिषयमा बृहत छलफल पश्चात सो नियम लागू गरी बोर्ड अघि बढेमा यो कार्यको चौतर्फी तारिफ नहोला भन्न सकिन्न ।
निति तथा योजनामा बोर्डले चलचित्रको सेन्सरमा पचास प्रतिशत घटाउनु तारिफ योग्य देखिएको छ भने भिसीडी, डिभीडी उत्पादनमा लगाम लगाउन खोज्नु पनि एक हदले राम्रो देखिएको छ । पाईरेसीको मुख्य आधार भिसिडीमा अनिवार्य रूपमा बोर्डको होलोग्राम राख्नु पर्ने बाध्यकारी नियम र हरेक सिडी उत्पादन गर्ने कम्पनी र विक्रेताले बोर्डबाट लिनु पर्ने अनिवार्य स्वीकृतिले उद्योगमा सिडी भिसिडीको ब्यापार ब्यवस्थित गराउने संकेत देखाएको छ ।
यस्तै लामो समयदेखि खड्किएको बक्स अफिस स्थापनामा बोर्डले चासो देखाउनु समग्र उद्योगका लागि सुखद कुरा हो तर बक्स अफिसको स्थापना राजधानी लक्षित मात्रै भैदिदा समग्र ब्यापार कति भयो भन्ने आधिकारिक डाटा पाउन अझै कठिनाई हुने छ यध्यपी राजधानी लक्षित भएपनि यो कार्यलाई सकारात्मक दृष्टीकोणले हेर्न सकिन्छ । बक्स अफिस स्थापनासंगै हलहरूको बर्गिकरण गर्न बोर्डले देखाएको दृणता त्यतिले पुग्दैन । किनकि धेरै समय अघि देखि यो बिषयमा बोर्डको प्रदर्शकहरूसंग टाईअप नमिल्दा चाहेर पनि यो बर्गिकरणको बिषयले अन्तिम रूप लिन सकेको छैन । तर पनि बर्गिकरणको सम्बन्धमा जति सक्दो चाडो बोर्डले आफ्नो कार्ययोजना लागू गराउछ त्यो सवैभन्दा खुशीको कुरा उद्योगका लागि हुने छ ।
यस्तै विद्यार्थी विग्रिए भन्दै शनिबार बाहेक बिहान ११ बजेको सम्पूर्ण शो सञ्चालनमा रोक लगाउने निर्णय सिधा हिसावले जायद देखिए पनि तर्क संगत छैन । किनकि कलेजले आफ्नो नियममा कडाई नगर्नुको परिणामको असर बोर्डले आफ्नो थाप्लोमा लिएको छ । सामाजिक दृष्टीले विद्यार्थी नविग्रिउन भन्दै बोर्डले बिहानीको शो बन्द गरे पनि नेपालमा त्यस्ता धेरै कलेज छन् जो दिउँसो पनि सञ्चालन हुन्छन् तर दिउँसोको समयमा ड्रेसमै सिनेमा हेर्न जाने विद्यार्थीको हकमा यो नियमले बाध्न सकेको छैन । यध्यपी डेटिङ स्पटको रूपमा कतिपय सिनेमा घरहरू विद्यार्थीका आकर्षण स्थल मध्ये एक हो । जसलाई एक दृष्टीले मात्र बोर्डले ब्याख्या गरेको छ ।