मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विकास बोर्ड विरुद्ध चलचित्र संघद्धारा चरणबद्ध आन्दोलनको घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2012/03/13

दश बुदे निर्णयले  स्वतन्त्र ब्यावसाय माथी हस्तक्षेप गरेको   भन्दै प्रदर्शकहरुको संस्था चलचित्र संघले चलचित्र बिकास बोर्डको निति प्रति असन्तुष्टी जनाउदै  चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।


मंगलबार आकस्मिक रुपमा बसेकॊ केन्द्रिय कार्य समिति तथा उपत्यकाका सम्पूर्ण प्रदर्शकहरुको भेलाको बैठकबाट निर्णय गर्दै  संघले आउदो चैत्र ८ गते औपचारिक रुपमा चरणबद्ध आन्दोलनका कार्य घोषणा गर्ने निर्णय गरेको हो ।


निर्णयको बिषयमा  प्रेस विज्ञप्ती जारी गर्दैसंघले बिकास बोर्डलाई स्थापनाको समय देखिनै हाल सम्म आफ्नो उद्देश्य अनुरुप कार्य नगरी सधै स्वतन्त्र चलचित्र ब्यावसायीमाथी हस्तक्षेप गर्ने प्रकृतिका निति अघि सार्दै ती नितिलाई सधै कार्यान्वयनमा मात्र जोड दिएको आरोप लगाएको छ । दश बुदेँ निति प्रति असन्तुष्टी जनाउदै प्रेस विज्ञप्तीमा लेखिएको   छ 'चलचित्र बिकास बोर्डको यस प्रकारको गतिविधि प्रति यस संघको  गम्भिर   आपत्ती रहेको छ तसर्थ नेपाल चलचित्र संघको मिति २०६८ चैत्र ८ गते बसेको बैठकबाट हाम्रो स्वतन्त्र ब्यावसायको अधिकार सुनिश्चितका लागि २०६८ चैत्र ८ गते बिशेष केन्द्रिय भेलाको आयोजना गरी चरणबद्ध आन्दोलन गर्ने निर्णय गरिएको छ ।'   जारी गरिएको प्रेस विज्ञप्तीमा अध्यक्ष राजकुमार पोखरेलले हस्ताक्षर गरेका छन् ।

 

यस्तै छलफल विना चलचित्रसंग सम्बन्धीत केही संस्थाले पनि बोर्डको दश बुदे नितिप्रति असन्तुष्टी जनाएपनि औपचारिक रुपमा मुख खोलेका छैनन् ।उद्योग सुधार्ने प्रयास स्वरुप बोर्डले विना छलफल केही नितिगत निर्णय सार्वजनिक गरेपनि आगामी दिनमा यो निर्णयको प्रतिक्रिया अन्यसस्थाबाट कस्तो आउला भन्ने पनि कौतुहल्ता पैदा गराईदिएको छ । किन जो सिनेमा देखाउछन ती संस्था आन्दोलनमा उत्रिएको खण्डमा समग्र सिनेमा ब्यापार ठप्प हुने स्तिथि पनि देखिएको छ । तसर्थ विवादित बनेको आफ्नो नितिबाट असन्तुष्ट चलत्रिकर्मीलाई बोर्डले कसरी आफ्नो बसमा पर्ने हो त्यो पनि पर्ख र हेरको बिषय बनेको छ । यध्यपी मंगलबारसम्म बोर्डले विवादति आफ्नो कार्ययोजनाको बारेमा औपचारिक मुख खोलेको छैन् ।