मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डद्धारा दश बुँदे नीति तथा कार्यक्रम योजना सार्वजनिक ऐन चाडै लागू हुने

फिल्मीखबर, काठमाण्डौ, 2012/03/12

नेपाली सिनेमाका विविध मुद्धालाई केही हदसम्म समेट्दै चलचित्र बिकास बोर्डले कार्यान्वयनमा ल्याउन लागिएका निति तथा कार्यक्रम योजना सार्वजनिक गरेको छ ।

सोमबार चाबहिल स्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै बोर्डले लामो समय देखि खड्किएको चलचित्र ऐन लागू हुने तयारी करिब पुरा भएको जनाउदै सिनेमा उद्योगलाई ब्यवस्थित गराउन विभिन्न योजना सार्वजनिक गरेको हो । यहि चैत्र महिनामा मध्य पश्चिमाञ्चलको सुर्खेतमा चलचित्र महोत्सव, आउदो जुन १ तारिखका दिन बहुसंख्यक नेपाली रहेको खाडी मुलुक कतारको दोहामा अर्न्तराष्ट्रिय चलचित्र महोत्सव, कलाकार आचारसंहिता, सिनेमा निर्माणमा धरौटी रकम कार्यान्वयन तथा चलचित्र र चलचित्र घरको बैज्ञानिक बर्गिकरण सम्बन्धमा योजना चाडै लागु हुने गरी योजना सार्वजनिक गरेको हो ।

पाँच लाखको धरौटीका सम्बन्धमा समाचार बाहिरिएको आएको थियो तर सो योजनालाई पाईपलाईनमा राखिएको बोर्डले जनाएको छ । कहिले सम्म लागू होला यो योजना भन्ने संचारकर्मीको प्रश्नमा बोर्ड अध्यक्ष गणेश भण्डारीले बैज्ञानिक ढङ्गमा चाडै नै धरौटीको योजना पनि सार्वजनिक गर्ने बताए ।


यस्तै प्रेस मिटमा जारी गरिएको विज्ञप्तीमा  आफूलाई अधिकार प्राप्त भएको भन्दै शनिबार बाहेकका विहान एघार बजे अघिका सम्पूर्ण शो संचालनमा रोक लगाएको छ भने भिसीडी उत्पादन गर्ने कम्पनी तथा विक्रेताले समेत बोर्डबाट ईजाजत पत्र लिई ब्यावसाय संचालनमा गर्नुपर्ने तथा हरेक सिडी,भिसीडीमा विकास बोर्डका होलोग्राम अनिवार्य राख्नु पर्ने नियम पनि अघि सारिएको छ । जुन नियम तत्काल कार्यान्वयन हुने जनाईएको छ ।

यस्तै सिनेमा विजनेस रिपोर्ट पारदर्शी ढङ्गले बाहिर ल्याउने योजना अनुरुप पहिलो चरणमा राजधानीका सिनेमा हल लक्षित गर्दै बक्स अफिस स्थापनाको कार्य आउदो असार महिना भित्र  लागू गर्ने पनि जनाईएको छ । त्यस्तै सिनेमा प्रदर्शन प्रणालीलाई ब्यवस्थित बनाउन प्रदर्शनको अधिकार समेत आफूमा रहेको बोर्डले निति तथा कार्यक्रममा उल्लेख गर्दै सोही अनुरुप प्रदर्शनको अधिकार आफूले अगाडी बढाउने जनाएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता विकास आचार्यले निति तथा कार्यक्रम बाचन गरेका थिए भने त्यसलाई ब्याख्या गर्न अर्का सदस्य निलहरी काफ्लेले सहयोग गरेका थिए ।