मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

के म तिम्रो साथी वन्न सक्छु लिएर कृषा मलेसियामा

रामचन्द्र नेपाल, क्वालालम्पुर, 2012/03/10

माया, प्रेम र रोमान्स समेटिएर तयार भएको नेपाली चलचित्र 'के म तिम्रो साथी वन्न सक्छु' मलेसियामा वर्ल्ड प्रिमियर हुने भएको छ । चलचित्र प्रदर्शनको तयारीका लागि निर्माता  कृषा चौलागाई शनिवार विहान मलेसिया आईपुगेकी छिन् ।


चलचित्रलाई विश्व मार्केटमा पुर्‍याउने हेतुले मलेशिया आएको चौलागाईको भनाई छ । मलेशियामा प्रिमियर गरे लग्गतै उनी सिंगापुर, थाईलैण्ड, इजरायल, हङकङ र कतार पुग्नेछिन् । मलेशिया आए लग्गतै फिल्मीखबरसँग कुरा गर्दै कृषाले भनिन्, 'म एकदमै खुशि छु र मलेसियावाट राम्रो शन्देश जाने आशा लिएकी छु ।'

 

शिवम अधिकारीको कथालाई सविर श्रेष्ठले निर्देशन गरेको यस चलचित्रमा आर्यन सिक्देल, दिप्ती गिरी, सन्दिप सापकोटा, दिनेश डिसि, धिरेन शाक्य, शिशिर राना लगायतले अभिनय गरेका छन् । दिनेश सुनामको संगित रहेको चलचित्रका गीतकार प्रमोद ढुंगाना हुन् । नेपालमा जेठको अन्तिम हप्तामा रिलिज हुने चलचित्रलाई स्थानिय व्यक्ति तथा संघसंस्थाको संयोजनमा मलेसियाका विभिन्न चलचित्र भवनहरुमा प्रर्दशन हुनेछ ।

 

कतारमा भने आगामी अप्रिल २० तारिखका दिन फिल्मीखबर डटकम र पिएनपी मिडियाले संयुक्त रूपमा भव्य प्रिमियर गर्नेछ । जसका लागि कतारमा चलचित्रको प्रचारप्रसारलाई तिब्र पारिएको फिल्मीखबरका कतार प्रतिनिधी शैलेन्द्र कठायतले बताएका छन् । यस अघि इन्साफ र कसम हजुरको निर्माण गरेकी कृषाको यो तेस्रो चलचित्र हो । अघिल्ला दुई चलचित्रबाट सफलताको स्वाद चाख्न नसकेकी कृषा यो चलचित्रबाट पूर्ण सफलता पाउनेमा ढुक्क छिन् ।