मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

नेपालगंजमा काठमाण्डू, दर्शकसँग आकाशको सात्क्षात्कार

बिष्णु शाही, नेपालगंज, 2012/03/10

गत माघ २० गतेबाट काठमाण्डौ उपत्यकामा प्रदर्शनको सुरुवात गरेको चलचित्र 'काठमान्डू' यहि फाल्गुन २६ गतेबाट नेपालगंजको बागेश्वरी चलचित्र भवनमा सफलताको साथ भव्य प्रर्दशन भैरहेको छ । चलचित्र चलेको दोस्रो दिन चलचित्र काठमान्डूका नायक तथा निर्देशक आकाश अधिकारी आफ्नो सिनेमाको प्रचार प्रसार गर्न पश्चिम नेपालगंज आएका छन् ।

 

नेपालगंज आएका आकाश आफ्नो चलचित्र प्रदर्शन भएको हलमा के प्रवेश गरेका थिए पहिलो सो हेरेर बाहिरिएका दर्शक र दोस्रो सोका लागि टिकट काट्दै गरेका दर्शकले उनलाई सिनेमा भवन बाहिर घेरिहाले । सयौं दर्शकको बिचमा रहेका उनलाई केहि दर्शकहरुले फरक फरक प्रश्न गरेका थिए भने कत्तिले बधाई दिंदै थिए । कारण चलचित्र नहेरेका दर्शकले आकाश दाई चलचित्र काठमान्डू कस्तो कथाबस्तु समेटिएको चलचित्र हो भन्दै थिए भने हेरिसकेका दर्शकले राम्रो सिनेमा बनाएकोमा बधाई दिदै थिए ।

 

'हरेक वर्गले हेर्नुपर्ने परिवारिक चलचित्र हो' आकाशले दर्शकसँग आफ्नो चलचित्रको बारेमा भने, 'युवाहरु किन कुलतमा फस्छन्, छोरा छोरी बिग्रनुमा आभिभावकको हात कत्तिको हुन्छ भन्ने कुरा चलचित्रमा दर्शाएको छु ।' चलचित्रलाई मन पराईदिका दर्शकलाई उनले धन्यवाद सम्म भन्न भ्याए । दर्शकसंग करिब आधा घन्टा बिताई सकेपछि पत्रकार सम्मेलन गर्दै उनले आफ्नो चलचित्रका बारेमा जानकारी समेत दिए ।

 

बाक्लो दर्शकको सहभागीताका कारण खुसि हुँदै उनले आफ्नो चलचित्र कुनै बलिउड, हलिउडका चलचित्रको कपि नगरेको साथै अहिलेका हरेक वर्ग बिषेश गरी युवा पुस्ताको वास्तबिक कथा समेटिएको पारिवारिक चलचित्र भएको बताए । हलिउडका कलाकारलाई अभिनय गराउनुको कारण के नेपालमा दक्ष कलाकार नभेट्टाएको हो भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने, 'त्यसो हैन, नेपालमा पनि दक्ष कलाकारहरु हुनुहुन्छ तर मेरो सिनेमाको कथाबस्तुको मागअनुसार मैले बलिउड र हलिउड कलाकारलाई समेटेको हो ।' 'म त्यस्तो निर्देशक हो हलिउड कलाकार चाहियो भने हलिउडकै कलाकारहरुलाई अभिनय गराउँछु', उनले भने, 'कपाल रँगाएर स्वादेशि कलाकारलाई बिदेशी बनाउदिन ।'

 

चलचित्रमा आफुले सक्दो मिहिनेत गर्दा गर्दै पनि चलचित्र हेरि कहि कतै कमी कमजोरी भए औल्यादिनु पत्रकारहरुलाई अनुरोध समेत उनले गरे । उनले पत्रकार सम्मेलनपछि दर्शक तथा पत्रकारसंगै सिनेमा हेरेका थिए । नेपालगंजको चलचित्र भवनमा दर्शकको भिडदेखि दंग परेका आकाशले नेपालगंजका दर्शकलाई मात्र हैन हरेक नेपालीलाई चाँडै नै शन्देश मुलक पारिवारिक कथाबस्तु समेटिएको अर्को चलचित्र ल्याउने साथै हरेक वर्गले चलचित्र काठमान्डू हेर्न समेत अनुरोध गरे ।