मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार संघलाई पत्याएनन् कलाकारले

फिल्मीखबर, काठमाण्डौ, 2012/03/10

समाजका ऐना कलाकारहरू आफनो पेशा प्रति जति धेरै रूची देखाउछन् त्यसको ठीक विपरित उनीहरू समाजसेवाको गतिविधिमा कम लागेको देखिन्छ । यस्तै शनिबार चलचित्र कलाकार संघले आफ्नो ११ औँ बार्षिक उत्सव पारेर रक्तदान कार्यक्रम आयोजना गरे पनि उक्त कार्यक्रममा कलाकारहरूको उपस्थिती निकै न्यून देखियो ।


समाजसेवाको कार्यबाटै स्थापना भएको चलचित्र कलाकार संघले समाजसेवा गर्ने योजना अनुरूप शनिबार रक्तदान कार्यक्रम आयोजना गरे पनि उक्त कार्यक्रममा कलाकारहरूको उपस्थिति नदेखिनु बिडम्बना नै हो । निम्ता पाएर पनि कलाकारले सो कार्यक्रममा सहभागीता नजनाएका हुन् वा पाएर पनि थाहा नपाए जस्तो गरेका हुन् त्यो भने उनीहरू नै जानुन् तर आफ्नै संस्थाको बार्षिक उत्सव जस्तो कार्यक्रममा कलाकारको उपस्थिति नदेखिनु लज्जा हो ।  


यस बिषयमा अध्यक्ष रमेश बुढाथोकीलाई फिल्मीखबरले गरेको प्रश्नमा उनले आफ्ना सदस्हरूको अनुपस्थितिलाई बचाऊ गर्न खोजे । कार्यक्रम सकिने बेलासम्म पनि उनी कलाकारहरूको प्रतिक्षामा थिए र भन्दै थिए, 'निम्ता गरेका छौ आउनुहुन्छ होला ।' सिनेमाका अन्य संस्था केही सुस्त रहेको भिडमा ती संस्था भन्दा सुस्त रहेको कलाकार संघको बार्षिक उत्सव कार्यक्रममा कलाकारहरूको अनुपस्थितिलाई रमेश बुढाथोकीको नेतृत्व क्षमता माथी पनि प्रश्न उठाएको छ ।

 

कार्यक्रममा सिनेमाका कलाकारको संख्या निकै कम थियो भने टेलिचलचित्र कलाकारको संख्या पनि कम थियो तर अभिनेता धिरेन शाक्य भने २७ औं पटक रक्तदान गर्न संघको कार्यालयमा समयमै पुगेका थिए । यस्तै रक्तदान गर्न कुनै समयका चर्चित अभिनेता टिका पहाडी, आरपी पन्त, राधा लम्साल तथा  कलाकार निर्मल शर्मा पनि पुगेका थिए । यस्तै निर्देशक बिकाश आचार्य, सुमन दाहाल, कलाकारहरू सरोज केसी, राधा लम्साल, सुभेच्छा थापा, सृजना बस्नेत, रश्मी भट्ट तथा द्धन्द कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठले पनि रक्तदानमा सहभागीता जनाएका थिए ।


पब्लिक फेस जो सिनेमाको पर्दामा ज्यादा देखिन्छन् अनि त्यो कलाकार जो टेलिभिजनमा सधै देखिन्छ जसले चालेका हरेक सकारात्मक पाटोलाई समाजले आत्मसाथ गर्छ तर सानो उद्योगमा ब्यस्तता कम भए पनि कलाकारहरूको सामाजिक सेवा प्रति रूची कम नै भएको देखिन्छ । जसको पछिल्लो उदाहरण शनिबार कलाकार संघले आयोजना गरेको रक्तदान कार्यक्रमबाट थप छर्लङ्ग बनाईदिएको छ ।