
नायिका सञ्चिता लुईटेल सुत्केरीबाट उम्कन नपाउँदै पुन: सुत्केरी हुन लागेको खबर बाहिर आए पछि नायिकाहरू मात्र हैन सम्पूर्ण चलचित्रकर्मी नै अचम्मित भएका छन् । स्वयं नायिका लुईटेल पनि एकै बर्षमा दुई पटक आमा हुन लाग्दा अचम्मित भएकी छिन् ।
यहि प्रसङ्गलाई लिएर करिब १० बर्ष अघि निर्माता छबि ओझासँग बैबाहिक जीवनमा बाँधिएकी नायिका रेखा थापालाई सन्तानको रहरको बारेमा फिल्मीखबरले जिज्ञासा राख्दा भनिन्, 'रातदिनको सुटिङले गर्दा बच्चा पाउने फुर्सद नै भएन ।' निरन्तर नेपाली चलचित्रमा सक्रिय भएर लागेकी रेखा सन्तानको रहर भए पनि समयले साथ नदिंदा आफ्नो चाहना पुरा गर्न नसकेको दुखेसो पोख्छिन् । भन्छिन्, 'सबै सहकर्मीका सन्तान भईसके मेरो मेरो त अझै हुन सकेन । अब त रहर लाग्न थालेको छ ।'
रहर लागे पनि अझै केहि समय चलचित्रमा सक्रिय भएर लाग्नु परेकाले बाध्यताले गर्दा आमा बन्न नसक्ने उनी बताउँछिन् । रेखा अलि रोमान्टिक हुँदै भन्छिन्, ''आमा बन्न थालें भने कम्तिमा २ बर्ष त सन्तानसँगै रहनु पर्छ । अनि त्यसपछि मेरो चार्म हराई हाल्छ नि !' अभिनयबाट प्रोडक्सन तिर लागेपछि आमा बन्ने उनको सोच छ ।
पछिल्लो समय उनका सहकर्मी साथीहरू नायिका मेलिना मानन्धर, अरूणिमा लम्साल, सञ्चिता लुईटेल, ऋचा घिमिरे आमा बन्दा उनलाई पनि त्यो रहर लाग्नु स्वाभाविक नै हो । नायिका ज्यू आमा बनेर मात्र हैन छोटा कपडा लगाएर उछिन्ने नायिकाहरू पनि आईसके । त्यसैले बेलैमा बिचार गर्नुस् है फेरी सबै कुरामा पछाडी परिएला नि !