
प्रिमियरको समयमा मात्र छल गरी खिचिएका दृश्य सार्वजनिक गर्ने योजना अनुरुप लुटको एकाउन्नौ दिने खुशियाली पार्टीमा सवै सिनेकर्मीको गतिविधि खिचेका रोज राणाको उक्त छल सार्वजनिक भएको छ ।
दश दिन अघि सुन्धारा स्थित जंगी अड्डामा भएको लुटको विशेष जमघटमा रोजले सिनेमा खिच्ने तिनवटा क्यामेराले सम्पूर्ण माहोललाई नजिकबाट छल गर्दै खिचेका रहेछन् जुन रहस्य सार्वजनिक भएपछी आफ्नो सो छललाई रोजले स्वीकारेका पनि छन् । फिल्मीखबरसंग कुरा गर्दै उनले भने, 'मेरो नयाँ सिनेमा हिरोईनको स्क्रिप्टमा पनि फिल्म हिट भएपछी दिईने पार्टीकेा सिक्वेन्स छ जुन दृश्य कैद गर्नका लागि सो मौका उपयुक्त ठान्दै मैले सम्पूर्ण माहोल क्यामेरामा कैद गरेको हो ।'
बैशाख देखि फ्लोरमा जाने सिनेमाका लागि रोजले सो पार्टीबाट भनेजस्तै फुटेज पनि पाएको बताए । उनले भने, 'जस्तो सोचेको थिए त्यो भन्दा धेरै राम्रा दृश्य कैद गर्न सफल भईएछ अझ निशा विवादले मेरो स्क्रिप्ट झन् मजबुत भएको छ ।' लुटको पार्टीमा निशा अधिकारीले फिल्मीखबरकर्मीको क्यामेरा खोसेको प्रसङ्गले एक साता कलिउड तताएको थियो ।
हिरोईन रोजको निजि ब्यानर सोफिया सिने आर्टसले निर्माण गर्न लागेको सातौ सिनेमा हो जसको निर्देशन गर्ने तयारी रोजले गरिरहेका छन् । सिनेमा निर्देशनको बिषयमा उनले भने, 'सम्भवत यो सिनेमाको निर्देशन म आफै गर्ने प्रबल सम्भावना छ तर बदलिदो समयमा नयाँ सोचका साथ मेरो स्क्रिप्टलाई न्याय गर्ने गरी कोही युवा फिल्म मेकर प्रस्ताव लिएर आउछ भने म उसलाई नै सिनेमा निर्देशन गर्न दिन्छु तर मेरो वान लाईन स्टोरीमा क्रियटिभ भिजन देखाउन सक्नु पर्यो ।'
'हिरोइन फिल्म लाईनमा हुने सम्पूर्ण उतारव चढावको समग्र प्याकेज हो', रोज सिनेमाको बारेमा भन्छन् । तर केही महिना अघि बलिउडमा हिट भएको सिनेमा डर्टी पिक्चर्स जस्तै त हैन तपाईको सिनेमा भन्दा उनी भन्छन्, 'संसारमा प्रेमकथामा धेरै सिनेमा बनेका छन् जुन भिन्न स्वादका छन् त्यसैले फिल्म लाईनको स्टोरीमा मेरो सिनेमा र डर्टी पिक्चर्सको वे एउटै भए पनि टेष्ट भिन्न हुने म दावी गर्छु । '