मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कतारमा नेपालीले हेरे बधाई छ तिमीलाई

शैलेन्द्र कठायत, दोहा, 2012/03/09

हरेक शुक्रबार जसो आजको शुक्रबार पनि दोहा हल नेपाली दर्शकहरूले खचाखच भरियो । उदय सुब्बा निर्देशित चलचित्र 'बधाई छ तिमीलाई' हेर्न दर्शकहरू कतारको दोहा स्थित गल्फ हलमा पुगेका हुन् ।

 

निर्देशक सुब्बा र नवनायक बिष्णु कार्कीको साथमा दर्शकहरू चलचित्र हेर्दा खुसी देखिन्थे । चलचित्र हेरिसके पछि दर्शकको प्रतिक्रियाबाट निर्देशक सुब्बा पनि निकै खुसी हुँदै भने, 'दर्शकहरूले देखाउनु भएको मायाले मलाई काम गर्न थप उर्जा दिएको छ । यो मायालाई मैले सधैं सम्झिरहने छु ।' यस्तै नवनायक कार्कीले पनि चलचित्रको सफल प्रदर्शन भएको बताउँदै भने, 'दर्शकहरूको माया र प्रतिक्रियाले भोलीका दिनमा मलाई अझ राम्रो काम गर्ने हौसला दिएको छ ।'

आयोजक बिशाल लामाले पनि दर्शकहरूको उल्लेख्य सहभागीताले निकै खुसी लागेको बताए । उनले भने, 'दर्शकको यस्तै साथ मिल्दै गयो भने हामीलाई नेपाली चलचित्र प्रदर्शन गर्न गार्‍हो हुनेछैन । आगामी दिनमा पनि हामी दर्शकको माग अनुरूपको चलचित्र प्रदर्शन गर्दै जानेछौ ।' राज न्यौपानेको प्रस्तुतीमा सुरेन्द्र कुमार कुरूम्बाङ, कृष्णमणी कुईंकेल र रक्षा न्यौपानेले संयुक्त रूपमा निर्माण गरेको सो चलचित्रमा राजेश हमाल, झरना थापा, सुनिल थापा, सुवास मेचे, विष्णु कार्की लगायतले अभिनय गरेका छन् ।