मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

संचिताको गर्भमा फेरी बच्चा

फिल्मीखबर, काठमाण्डौ, 2012/03/09

पहिलो सन्तान सात महिना पुग्न नपाई अभिनेत्री संचिता लुईटेल पुनः आमा बन्ने भएकी छिन् । केही दिन अघि सारी लगाएर पुरानो बानेश्वरको एक पार्लर उद्घाटनमा भेटिदा उनको पेटमा पुनः बच्चा रहेको अनुमान गरिएको थियो जस अनुरुप शुक्रबार उनी गर्भवती रहेको पुष्टी भएको छ ।

 

पुनः गर्भवती भएको समाचार सार्वजनिक भएपछी संचितालाई फिल्मीखबरले प्रश्न गरेको थियो, के यो साँचो हो ? जवाफमा उनले भनिन्, 'पक्कै साँचो हो । न्यूजमा आईसकेपछी मैले लुकाउने कुरा भएन ।' अहिले कति महिनाको रनिङमा छ त तपाईको बच्चा भन्दा उनले भनिन्, 'चार महिनाको भयो ।' यस्तै संचिताले पहिलो सन्तानको डेलिभरी डेट र गर्भको बच्चाको डेलिभरी डेट समेत एउटै हुदा आफै अचम्ममा परेको पनि बताईन् । उनको पहिलो बच्चाको डेट अगष्ट १० थियो भने अब हुने बच्चाको डेलीभरी डेट पनि डक्टरले अगष्ट १० तोकिदिएको उनले जानकारी दिईन् ।

अभिनेता निखिल पत्नी संचिताले अन्जान बस गर्भ रहे पनि आफू खुशी भएको बताएकी छिन् । जस अनुरुप छोटो अवधिमा उनको कोखबाट नयाँ सन्तानले पाँच महिना पश्चात धर्तिमा पाईला टेक्दैछ । सिनेमा संग सम्बन्धीत हिरोईनको पहिलो सन्तान छोरी नै भएको अवस्थामा सो रेकर्ड तोड्दै छोरा पाएकी संचिताले दोस्रो सन्तान के जन्माउलिन् भन्ने पुनः कौतुहलता उत्पन्न गराईदिएको छ । छोटो समयमा फेरी मम्मी हुन लागेकी संचितालाई बधाई ।