
नेपाली चलचित्रका निर्माताको रोजाईको हिरो बनिराखेकै बेला भोजपुरी चलचित्रमा हाम फालेर भोजपरीमा पनि राम्रै चर्चा पाएका नायक बिराज भट्टले अब कुनै पनि कथा चोरीएको चलचित्रमा काम नगर्ने बताएका छन् ।
बिराजले अहिले सम्म आफुले नेपालमा खेलेका चलचित्र मध्य प्राय हिन्दी चलचित्रबाट चोरीएको भनि आरोप पनि लगाए । उनले अहिले सम्म चोरीएको चलचित्रमा काम गर्नु आफ्नो बाध्यता भएको र अव देखि कहिले त्यस्ता चोरीएका चलचित्रमा काम नगर्ने जनाएका छन् । केही दिन अगाडी इन्डियाबाट नेपाल आएका बिराजले पोखराको विग एफएमसंग टेलिफोन अन्र्तबार्तामा यस्तो कुरा बताएका हुन् ।
'मैले अहिले सम्म गरेका चलचित्रहरु प्राय हिन्दी चलचित्रबाट चोरीएका थिए र म बाध्य हुन्थेँ अब म चोरीएका चलचित्रमा काम गर्दिन', उनले भने, 'यदि राम्रो, मौलीक चलचित्रबाट प्रताव आएन भने म आफैँ चलचित्र बनाउँछु ।' त्यो बेला बाँच्नको लागी पनि निर्माताले जस्तो भन्यो त्यस्तै चलचित्रमा काम गर्नेु परेको उनको भनाई छ । अहिले आफुसंग पैसा भएको र अब पैसाकै लागी भनेर जस्तो पायो त्यस्तो चलचित्रमा काम नगर्नै र यदि राम्रो चलचित्रबाट प्रस्ताव आएन भने आफैले सिनेमा निर्माण गर्ने उनको भनाई थियो । सिनेमा कहिले बनाउने भन्ने कुरा भने उनले खुलाएनन् ।
नेपालका चलचित्रकर्मीले अन्त जस्तो मेहनत नगरेकाले नेपालमा चलचित्रहरु राम्रो नबन्ने गरेको उनको टिप्पणी छ । योसंगै उनले निर्माता निर्देशकले आफ्नो टाउको बेचेको पनि आरोप लगाए । उनले राम्रो चलचित्र भन्दा पनि बिराज भट्टको टाउकोको लागी चलचित्र बनेको बताए । 'चलचित्रको पोस्टरमा कलाकारको टाउको राखे पछि सिनेमा चल्छ भन्ने सोचाईको कारण बिग्रको हो', उनि भन्छन् ।
आफु अझै पनि नेपाली चलचित्रको स्टार भएको उनको दाबी थियो । 'मलाई अझै पनि नेपाली दर्शकले माया गर्छन् र मेरो चलचित्र हिट हुन्छ', बिराज दाबी गर्छन् । त्यसो त भरखरै मात्र उनले अभिनय गरेको चलचित्र मजबुर रिलिज भएको छ जुन खासै सफल भएन । तर बिराजले भने मजबुर अरु भन्दा राम्रो बताए । उनले पछिल्लो क्रममा सफल भएको चलचित्र लुटलाई हिट मान्न नहुने पनि बताए । उनले लुट महङगो मल्टिप्लेक्स हलमा चलेको भएर पैसा राम्रो कमाय पनि हिट भन्न नमिल्ने प्रतिकृया दिए । 'नेपाली चलचित्र सहर देखी गाउँसम्म चल्ने खालको हुनुपर्छ र सबै वर्गलाई हुनुपर्छ तर लुट सबै दर्शकको लागी हाईन', उनले भने ।