मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिनेमामा नारी सफलताका हातहरू : सन्दर्भ अर्न्तराष्ट्रिय नारी दिवस

फिल्मीखबर, काठमाण्डौ, 2012/03/08

नारी र पुरूष एक रथका दुई पाङग्रा वा भनौ नारी र पुरूष एक सिक्काका दुई पाटा । आज हामी तिनै नारी र पुरूषको सहकार्यले सिनेमा सफलता हासिल गरेको प्रसङ्गमा केन्द्रित हुने छौ ।


करिश्मा मानन्धर जो २५ बर्ष अघि सन्तान भन्ने चलचित्र मार्फत सिनेमामा पाईला राखेकी हुन् जसको निरन्तरता अझै  यथावत छ । करिश्मा सफल हुनुमा जति उनको सौन्दर्यता पहिलो नम्बरमा आउछ त्यसको पछाडी उनका पुरूष विनोद मानन्धरको नाम छुटाउन मिल्दैन । गसिप र र्‍युमरको यो क्षेत्रमा उनका पतिले विभिन्न कन्ट्रोभर्सीलाई वेवास्ता गर्दै सधै श्रीमतीलाई सहयोग गर्नु नै उनको महानता हो  । कस्तुरी सिनेमा अभिनय गर्ने क्रममा आर्थिक हिसावले कमजोर करिश्माले जसरी विनोदको सहयोग पाईन छोरी १६ बर्षको हुँदा सम्म यो जोडीको सानो विवाद भएको प्रसङ्ग पनि बाहिरिएको छैन  । जसकारण आजको नारी दिवसको दिन करिश्मा सफल हुनुमा उनका पति विनोदको सवैभन्दा ठूलो त्याग तपस्या र उनी प्रति देखाएको गरेको विश्वास नै मानन्धर परिवारको सिनेमा सफलता हो भन्दा फरक नपर्ला । 


हिरोईन बन्ने सपना बेकेर प्रोडयूसर छवि ओझाको दैलोमा जसरी रेखा थापाले पाईला राखिन् सोही अनुरूप रेखाले आजसम्म आफ्ना हरेक पाईलामा कहि कतै फेल खाएकी छैनन् । कुनै समय विपना थापा नम्बर वानले परिचित थिईन् तर विगत दश बर्षयता रेखा यो उद्योगमा नम्बर वान नायिकाले परिचित छन् । जसको श्रेय उनका पति छवि ओझालाई सिधै जान्छ ।

 

फिल्म खेल्ने क्रममा दुई श्रीमतीको वियोगमा परेका छविले जसरी रेखाको साथ सोचे अनुरूप पाए त्यसैगरी दिनानुदिन यिनी पनि सफल निर्माताको नामले उद्योगमा परिचित छन् । रेखा फिल्मस जो सफल सिनेमा उत्पादन गर्ने कम्पनीले परिचित छ जसकारण ४६ बर्षे छवि र २८ बर्षे रेखाको यो केमेष्ट्री साच्चिनै तारिफ योग्य छ । करिश्माको कन्ट्रोभर्सी त के थियो र रेखाको चाहिने नचाहिने हल्लालाई कहिले पनि छविले आफ्नो कानमा पारेनन् । पारे पनि एक कानले सुने अर्को कानले उडाईदिए तसर्थ रेखा सफल हुनुमा छविको जति महत्वपूर्ण भूमिकामा अरू कसैको छैन । रेखालाई छविले रेखा जी भनेर सम्बोधन गर्छन् भने छविलाई रेखाले ड्याडी भनी सम्बोधन गर्छिन् ।


यस्तै  अर्की थापा हिरोईन झरना जो सधै समानान्तर भएर उद्योगमा जमिरहेकी छिन् । एक दशक फिल्मी यात्रामा जसरी सिनेमा सफलता हात पार्न झरनाको ब्यक्तिगत  लगन र मिहिनेत महत्वपूर्ण छ त्यो भन्दा बढी विश्वास उनका पति सुनिल कुमार थापाको भैदिदा उनी सफल नायिकाले उद्योगमा परिचित छिन् । श्रीमतीलाई एउटा सफल ब्यक्ति बनाउन सुनिलले पनि झरनालाई हरेक बिषयमा सहयोग गर्ने गरेका  छन् । जसको नतिजा स्वरूप यो जोडीको मायाको चिनोले पनि अबको डेढ बर्ष पश्चात हिरोईनको ट्याग भिर्ने प्रसङ्ग बाहिरिसकेको छ । तसर्थ सिने उद्योगमा नारीलाई सम्मान गर्दै सफलताको शिखरमा पुर्‍याउने ब्यक्तिको रूपमा प्रोडयूसर सुनिलकुमार थापालाई  धन्यवाद दिनै पर्ने हुन्छ ।


यस्तै डिभोर्स गरेर जसरी भूवन केसी एक्लै छन् । उनी आफ्ना होम प्रोडक्सनबाट सफल हुनुमा उनको पूर्व अर्धाङगीनि सुस्मिताको नामलाई पनि नारी दिवसको प्रङ्गमा भुल्न हुँदैन । भुवन एउटा सफल अभिनेता हुन् तर लाईफको अर्को पाटो प्रोडयूसरको रोलमा सुस्मिताको सहयोग नभएको भए भुवन सफल मेकरले परिचित हुँदैनन् थिए होला । तसर्थ भुवनको प्रोडयूसरको पाटो पल्टाएर हेर्ने भने तीनै नारी जो संग अहिले भुवन छैनन् । तर पनि सुस्मिताले एउटा सफल मेकरको रूपमा उभ्याउने काम भुवनलाई गरिदिएकी हुन् भन्दा अतियूक्ति नहोला । यसैगरी रञ्जना शर्मा जो हिरोईनको ट्याग भिर्नुमा उनका पति एवं निर्देशक श्याम भट्टराईको ठूलो हात छ । तर रञ्जनाले श्यामलाई छाडेर अमेरिका गएको प्रसङ्ग र सो प्रसङ्गबाट पिडित  बनेका श्याम आज नेपालमा एक्लो भए पनि रञ्जना अमेरिका सम्म पुग्नु यि पिडित श्यामको ठूलो मिहिनेत रिजल्ट हो ।


यस्तै उद्योगमा एक्कासी स्वेता खड्कालाई भित्राएका श्रीकृष्ण श्रेष्ठको पनि नारी प्रति ठूलो योगदान छ । स्वेतालाई जसरी यिनले कहाँ भेटिएलाबाट चान्स दिए सोही अनुरूप यिनीहरूको मित्रताको साईनो दिनको दुई गुणा रातको चौगुणाले बढी रहेको छ । त्यसैले पनि होला स्वेतालाई सफल बनाउन श्रीले विभिन्न कसरत गरेको उनीहरूको उठबसले प्रष्टाउछ । भला भोलिका दिनमा स्वेता कता हराउलिन् तर अहिले सवैको नजरमा स्वेता चिनिनु श्रीको मिहनेत र योगदान हो ।


नारी दिवसको प्रसङ्गमा सफल अभिनेतामा मुकेश ढकाल पनि अगाडी आउछन् किनकी एउटी नारी जो आफ्नो करिअरलाई विर्सिएर श्रीमानको करिअरमा लिन भईन् र श्रीमानलाई सफल नायकको रूपमा अगाडी ल्याउन सहयोग गरिन् ।  अहिले मेलिनाको फिल्मी गतिविधि ठप्प छ तर मुकेशको सक्रियता दिनानु दिन बढिरहेको छ । जुन सक्रिया बढ्नुमा मेलिनाले उनलाई दिएको हौसाला र विश्वास हो । किनकी मुकेश सिरियल किसरले परिचित हुदा समेत उनीहरूको विवादको प्रसङ्ग बाहिरिएको छैन ।


यस्तै निखिल उप्रेती सफल हुनुमा उनको श्रीमती कोपिलाको कडा त्याग र तपस्या नै प्रमुख कारण हो । संचिता लुईटेलसंगको कन्ट्रोभर्सीबाट निखिल सिनेमा अभिनयबाट केही सुस्त देखिए पनि विगतको दिनमा निखिल एक्सन स्टारले परिचित हुनुमा उनको श्रीमतीले उनका लागि दिएको हौसला नै प्रमुख कारण हो । यस्तै नारी र पुरूषको सफलताको भिडमा ऋचा घिमिरे र उनका श्रीमान शंकर घिमिरे पनि एक उदाहरण हुन् । शंकरसंग सम्बन्ध गासिनु अघि ऋचाले आफ्नो छुट्टै हाईट बनाईसकेकी थिईन् तर जव  शंकरसंग उनको लगनगाँठो कसियो तव शंकरलाई पनि नचिन्ने कोही भएनन् । भला शंकर आफ्नै निर्देशकिय क्षमताले उद्योगमा चिनिने कसरतमा थिए तर ऋचाको साथ पाउना साथ उनलाई जनमानसमा चिनिन लामो समय लागेन । त्यसैले आफ्ना दुईवटा प्रोजेक्टबाट असफल भएपनि यो जोडीले आफूलाई सफल फिल्म मेकरको रूपमा अगाडी उभ्याउने कसरत गरिरहेको छ ।


त्यस्तै निरूता सिंह स्टार हुनुमा जसरी तुलसी घिमिरेको हात छ त्यसैगरी अरूणिमा लम्साल दश बर्षदेखि फिल्म लाईनमा सक्रिय हुनु उनको बैङकर्श श्रीमानले उनीप्रति गरेको  विश्वास नै प्रमुख कारण हो । श्रीमानलाई श्रीमतीको साथ पाएको प्रसङ्गमा बरिष्ठ कलाकार हरिवंश आचार्यको नाम छुटाउन मिल्दैन । हरिवंश यस्ता उदाहरणिय पात्र हुन् जो श्रीमतीलाई नै आफ्नो सफलताको सिंढी मान्छन् । मिस्टर नेपाल हुँदै नायक बनेका जीवन लुईटेल पनि अहिले सफल हुनुमा उनकै जीवनसंघिनीको मायाप्रेम हो । अर्का नायक दिलिप रायमाझीलाई पनि हरपल उनकी अर्धानिगीने साथ दिएकी छिन् । उनको यो साथ चलचित्र'मिस यू' को निर्माण सम्म आईपुग्दा पनि उत्तिकै मजबुद छ ।

 

नायिका शुष्मा कार्कीलाई चिनाउने देन उनका पूर्व प्रेमी सुदर्शन थापालाई नै जान्छ । सुदर्शनले नै पहिलो चलचित्र 'मेरो एउटा साथी छ' मा शुष्मालाई इन्ट्रोड्यूस गराए । यिनीहरूको प्रेम झांगिदै जाने क्रममा सुदर्शनले शुष्मालाई के यो माया हो मा त लिड रोलमा नै प्रस्तुत गराए । तर अहिले यि दुईको सम्बन्ध ब्रेक भईसकेको छ । हेरौं आगामी दिनमा शुष्माको करियरले कस्तो मोड लिन्छ ।