मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

ब्यायफ्रेण्ड छ : सुमिना

फिल्मीखबर, काठमाण्डौ, 2012/03/08

प्रेम र प्रेमीको बिषयमा प्रश्न गर्दा प्राय सिने सेलिब्रेटी सो बिषयमा खुल्दैनन् तर दुलही अभिनेत्री सुमिना घिमिरेले आफ्नो ब्यायफ्रेण्ड भएको खुलाशा गरेकी छिन् ।

साप्ताहिक रूपमा प्रकाश हुने शुक्रबार ट्याब्लेडले दुलाहा बन्न लायक केटा भेट्नुभएको छैन ? भनी गरेको प्रश्नमा सुमिनाले उत्तर दिदै भनेकी छिन्- 'मन मिल्ने एउटा साथी भेट्टाएको छु ।' यस्तै उसलाई दुलाहा नबनाउने भनी लगत्तै सोधिएको अर्को प्रश्नमा सुमिनाले भनेकी छिन्- 'भविष्यमा के हुन्छ त्यो अहिले कसरी भन्न सकिन्छ र ? तर, हामी अहिले असल साथी भएकोमा नै खुशी छौ ।'

 

यस्तै सुमिनालाई साँचो प्रेममा सेक्सले कत्तिको ठाँउ पाउछ भन्ने भन्ने अर्को प्रश्नमा उनले भनेकि छन्- 'मेरो प्रेम त्यो हदसम्म झांगिएको छैन, त्यसैले यस बारेमा मैले कुनै धारणा बनाएको छैन ।' छोटो समयमा एक दर्जन सिनेमा खेलेकी सुमिना पछिल्लो समय एक स्क्याण्डलका कारण केही सुस्ताए जस्तो देखिए पनि यो बिषयलाई उनले पढाईका लागि तत्काल ब्यस्त भएर सिनेमा नखेलेको प्रतिक्रिया दिएकी छिन् ।

 

आफू माथिको नकारात्मक स्क्याण्डल आफ्नै मित्रहरूले सार्वजनिक गरेको आरोप लगाएकी सुमिनाले खेलेका एक दर्जन मध्ये चार वटा सिनेमा मात्र रिलिज भएका छन् जस मध्ये दुलही उनको सर्वाधिक चर्चा बटुलेको सिनेमा हो ।