
रेखा थापा महसुर कलाकार हुन् त्यसैले नेपालका अन्य नायक नायिकालाई उच्छिन्दै बन्जी जम्प गर्न पनि उनी पछि परिनन् । सिनेमामा भेराईटी दिन प्रस्ताव आए जस्तो सुकै क्यारेक्टरमा जम्न हिम्मत देखाउने रेखा थापा कसैसंग शिर निहुराउदिनन् पनि ।
दुई साता अघि एक कार्यक्रममा आफूले गलत बोलेको कुरामा केही आलोचना खेपेकी रेखाले मिडियाले तीब्र आलोचन गरेको प्रसङ्गबाट पनि डर मानिन् । हुन त डर नमान्ने उनको नेचर नै हो । तर रेखा थापालाई डर लाग्दो रहेछ । सिनेमामा त छदैछ र्सार्वजनिक कार्यक्रममा भेटिदा समेत छोटो लुगा बाहेक नदेखिने रेखालाई यसपालि के भएछ कुन्नी उनले छोटो लुगा लगाउन नै बिर्सिछिन् । होली बिशेष कार्यक्रममा दिन भर विभिन्न समारोहमा आयोजित कार्यक्रममा रेखाले रावणको प्रोमोशन गर्न भ्याएकी थिईन् ।
आफ्नो क्याम्पको नयाँ हिरो सविन श्रेष्ठ विरामी भएपछी रेखाले कोरियोग्राफर शंकर विसीसंग हरेक कार्यक्रममा उनले रावणको गीत गाएकी थिईन् । हात्ति घोडा हैन माया चाहियो भन्दा दर्शकबाट आई लभ यू भन्ने हुटिङ आउदा रेखा हर्षले गदगद हुन्थिन् । तर त्यो गदगदमा दर्शकले टाढाबाट फ्याकेको अविरले उनको आखामा असर पुर्याउँदा उनी गाउँदा गाउँदै एकछिन विचलित हुन्थिन् ।
स्टार एफएम र एभिन्यूज टेलिभिजनले संयूक्त रूपमा आयोजना गरेको होली विशेष कार्यक्रममा जव रेखाले स्टेजमा पाईला राखिन् तव उनलाई उपस्थित क्राउडले शुरूमै अबिरको बर्षा गरिदिंदा उनलाई सो अबिरले बिचलित बनायो । रेखा न परिन् उनको डर दर्शकले उडाएको अबिरसंगै केही बेर उड्न पाएन तर शंकर विसीसंग स्वरमा स्वर मिलाउँदै उनले गीत गाउँथिन् तव आफूप्रति फ्याकिएको अबिरको बर्षालाई उनले छेक्न सक्दिन थिईन् । । तसर्थ कसैसंग नडराउने रेखा अबिरबाट भने डराउने रहिछिन् भन्ने प्रमाण यो पालिको होलीले छर्लङ्ग बनाईदियो ।
अबिरको बर्षा भएपछी रेखाले पुरा गीत पनि गाउन सकिनन् । जसकारण मञ्चमा उभिदा दर्शकसंग उनको गीत गाउने ध्यान भन्दा चुलबुलपनाको लुकामारी चलिरहन्थ्यो । रेखा फूलको गुच्छाले दर्शकाई हिर्काउँथिन् भने दर्शकले उनलाई अबिरले हिर्काउँथे । तर स्टेजबाट बाहिरिएपछी उनी केही असहज महसुस गरिरहेकी थिईन् । किनकी दर्शकले अविरको बर्षा गरिदिदा अविर एलर्जीले उनको आँखाको तल्लो भागमा स–साना फोका निस्किएको थियो ।