मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संविधान नबने सम्म शम्भुजित होली नखेल्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/03/07

संविधानलाई साक्षी राखी कलाकारहरूले विभिन्न प्रतिबद्धता जनाएका थुप्रै उदाहरण छन् । केही समय अघि माग्ने बुढो केदार घिमिरेले संविधान नबनुञ्जेल दार्‍ही काट्दिन भनी प्रतिबद्धता जनाएका थिए तर उनको प्रतिबद्धता लामो समय टिक्न पाएन र अर्न्तराष्ट्रिय कार्यक्रममा भाग लिन जाने क्रममा उनको दार्‍हीमा ब्लेड लाग्यो ।


यस्तै रंगहरूको पर्व होली आएको छ र यो होलीलाई आफूले खुशीको रूपमा तत्काल नहेर्ने भन्दै संगीतकार शम्भुजित बाँस्कोटाले संविधान नबनुञ्जेल होली नखेल्ने प्रतिबद्धता जनाएका छन् । फिल्मखबरसंगको कुराकानीमा बाँस्कोटाले भने- 'जवसम्म संविधान बन्दैन तव सम्म म होली खेल्दिन ।' त्यसो भए रमाईलोको क्षेत्रको रोमान्स गर्न निकै सिपालु तपाई आजको दिन के गर्नु हुन्छ त ? भन्दा उनी भन्छन्- 'घरमै बस्छु टिभी हेर्छु र मौन रूपले होली मनाउँछु तर रंगसँग खेल्दिन ।'
 


विरामी सिनेकर्मी खेल्दैनन् होली
जाडो सकिने उत्तरार्ध र गर्मी शुरू भएको यो मौसममा केही कलाकार विरामी हुँदा चाहेर पनि उनीहरू होलीमा रमाउन सकेका छैनन् । रावण रिलिज डेट नजिकिएपछी सविन श्रेष्ठले यो मौकालाई पब्लिीसिटीको गतिलो समय भनेका थिए तर चिसो र तातोको समिश्रण नमिलेपछी उनी विरामी भएका छन् । त्यसैगरी अभिनेत्री निता ढुङ्गाना बाईक दुर्घटनामा परेकाले उनको होली योजना पनि खत्तम भयो ।

 

केकी अधिकारी पनि विरामी भएकाले उनी आज दिनभर घरमै आराम गरेर बस्ने छिन् । केकीलाई हिजो देखि ज्वरो आएकाले उनी राम्ररी बोल्न सक्ने अवस्थामा छैनन् । यस्तै गत बर्ष आफ्नै निवासमा बृहत होली आयाजना गरेकी करिश्मा मानन्धरले यो बर्ष ससुराको निधनले होलीमा रमाउन पाईनन् । यस्तै निर्देशक शिव रेग्मी पनि पितृशोकका कारण यो बर्ष होली खेल्नबाट बञ्चित छन् । त्यस्तै पत्नी वियोगका कारण अभिनेता हरिबंश आचार्यको आगनमा पनि यसपालि होलीको रंग पोखिने छैन ।