मिति : २०८२ ज्येष्ठ ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फूलको गीत प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2012/03/06

महिला संगीतकार रेखा पौडेलको पहिलो चलचित्र 'फूल' को गीतलाई फिल्मीखबरले प्रिमियर गरेको छ । रेखाकै शब्द समेत रहेको सो गीतमा प्रविशा अधिकारीको स्वर रहेको छ भने नायिका गरिमा पन्तले आफ्नो बारूले कम्मर मर्काएकी छिन् ।
 

बैशाख २२ गते देशभर एकसाथ रिलिज हुने भनिएको सो चलचित्रलाई शिब रेग्मीले निर्देशन गरेका हुन् । नारीलाई फूलसंग तुलना गरि निर्माण गरिएको यो चलचित्र लभस्टोरीसँगै कमेडी तथा नारी संवेदना आधारित छ । चलचित्रमा राजबल्लभ कोईराला, निरज बराल, गरिमा पन्त, सिर्जना बस्नेत, निर शाह, युवराज लामा, किरण केसी, राजाराम पौडेल, उत्तम केसी लगायतका कलाकारहरूले अभिनय गरेका छन् भने नायिका निरूता सिंह बिशेष भुमिकामा प्रस्तुत भएकी छिन् ।
 

मित्रता सिने मुभिज प्रालिको ब्यानरमा संजीत कुमार 'बब्लु', चन्द्र श्रेष्ठ, यमनाथ दनै, क्रन्दन मास्के र सुनिल श्रेष्ठले निर्माण गरेको सो चलचित्रको कथा बिकास आचार्य र निर्देशक रेग्मीले लेखेका हुन् । चलचित्रमा शम्भु सापकोटाको छायाँकन, हिमाल केसीको द्वन्द रहेको छ । गीतसँगै चलचित्रका केहि पोस्टर र प्रोमो पनि सार्वजनिक गरिएको छ ।