
दिनानुदिन लोकप्रिय बन्दै गईरहेको फेसबुकको लोकप्रियता नेपालमा जसरी बढ्दै गईरहेको छ सोही अनुरूप सिने सेलिब्रेटीले फेसबुकलाई कमर्सियल शैलीमा प्रयोग गर्दा सिनेमा मार्केटिङको कल्चर पनि बृद्धि भएको पाईन्छ । नेपालमा फेसबुक सञ्चालनमा आएको बर्ष देखि जसरी राजबल्लभ कोईरालाले आफ्ना फिल्मी गतिविधि फेसबुकबाट सार्वजनिक गर्थे सोही अनुरूप सिने सेलिब्रेटीको यो प्रयोग कम्प्यूटर राम्ररी चलाउन नजान्ने निर्माता छवि ओझाको हकमा पनि लागू भएको छ ।
चैत्र २७ गते देखि रिलिज हुने छविको सिनेमा रावणको प्रोमोशनका लागि यिनले पनि फेसबुक एकाउन्ट खोल्दै सिनेमाको प्रोमोशन त्यहाँबाट गरिरहेका छन् । हुन त छवि पत्नी रेखा थापाले फेसबुकको प्रयोग डेढ बर्ष अघि देखि सुरू गरेकी हुन् तर उनको लामो प्रयास पश्चात उनका पतिले पनि फेसबुकलाई आत्मसाथ गर्दा अनलाईन सिनेमा मार्केटिङमा फेसबुकले सवैलाई आकर्षित गरेको प्रष्टीन्छ । छवि मात्र हैन निर्देशक शोभित बस्नेतले पनि फेसबुक एकाउन्ट खोलेको भर्खरै हो । राम्ररी फेसबुकका टुल्स चलाउन नजान्ने शोभितले पनि दैनिक जसो आफ्ना सिनेमाको प्रोमोशन फेसबुकबाट गरिरहेका हुन्छन् । जसको पछिल्लो उदाहरणमा उनले आफ्नो पछिल्लो फिल्म दुलही रानीको प्रोमोशनलाई आफ्नो पेजबाट गरिरहेका छन् ।
आफ्ना गतिविधि फेसबुकबाट सार्वजनिक गर्ने चलचित्रकर्मीको लिष्टमा नम्बर वान पङिक्तमा आउछन् निर्देशक दिनेश डिसी, सुरज सुब्बा 'नाल्बो' र सुरेश दर्पण पोखरेल । डिसीले आफू कहाँ गए के गरे भन्ने हरेक बिषयलाई फेसुबकमार्फत अपडेट गराईरहेका हुन्छन् भने निर्देशक सुब्बा र दर्पणले पनि फेसबुकमा आफ्ना फिल्मी गतिविधी पोष्ट गरिरहेका हुन्छन् । फेसबुक वालमा फिल्मी गतिविधि मात्र हैन यू ट्यूव लिकंबाट आफ्ना अपकमिङ सिनेमाका प्रोमो, गीत र अन्य फिल्मी सामग्री चलचित्रकर्मीहरूले शेयर गर्दै पब्लिीसिटी र त्यहीबाट ओभरसिज मार्केटको बाटो खोजेको पनि पाईन्छ ।
दुईवटा फिल्म बनाएका प्रशन्न पौडेलले पनि पछिल्लो समय आफ्नो नयाँ सिनेमाको बारेमा फेसबुकबाटै सार्वजनिक गरिरहेका थिए । प्रशन्न मात्र हैन उनले भित्राएकी नायिका केकी अधिकारी फेसबुक मार्फत फिल्मी गतिविधि प्रोमोशन गर्ने नायिकाको अग्रपंक्तिमा आउँछिन् । केकीको वालमा हेर्ने हो भने आफ्ना सिनेमाको प्रोमोशनमा उनले फेसबुकलाई निकै प्रयोग गरेको देख्न सकिन्छ । यस्तै अभिनेत्री तर्फ रेखा थापा, ऋचा घिमिरे, ऋचा शर्मा लगायतका हिरोईनहरूले पनि फेसबुकमा अपडेट हुदै फिल्मी गतिविविधलाई नियाली रहेका हुन्छन् ।
आफ्नो २९ औ जन्मदिनमा गत फागुन ९ गते ऋचा घिमिरेले फेसबुक मार्फत आफ्नो सिनेमा तुलसीको प्रोमोशन सुरू गर्दै फष्टलुक पोस्टर समेत सार्वजनिक गरिन् । सिने उद्योगमा फेसबुक यूज गर्ने चलचित्रकर्मीमा अभिनेता आर्यन सिग्देल पनि पर्छन् । आई एम सरीको प्रोमोशनमा ब्यस्त उनी आफ्ना सिनेमाको विभिन्न प्रोमोशनल लिंकलाई वालमा पोष्ट गर्दै मार्केट डिमान्ड बुझिरहेका हुन्छन् । यस्तै अभिनेता भूवन केसलाई पनि फेसबुकको ह्याङ चढेको छ । धेरै अघि नै फेसबुकमा रजिष्टर भैसकका भुवन साथी म तिम्रोको रिलिज डेट जसरी नजिकिएर आयो त्यसरी नै आफ्नो सिनेमाको प्रोमोशन उनले फेसबुकबाट गरिरहे ।
यि त भए प्रतिनिध पात्र मात्र सिनेमा उद्योगका हरेक चलचित्रकर्मीले फिल्मी गतिविधिलाई आफ्नो फेसबुकबाट प्रोमोशन गरिरहेका पाईएको छ । राजेश हमाल पनि कुनै समय फेसबुकका सदस्य थिए तर उनले फेसबुकको प्रयोग केही महिना पछि प्रयोग गर्न छाडिदिए । यस्तै फेसबुकमा सदस्य भैकन शिव श्रेष्ठ पनि त्यति अपडेट छैनन् तर श्रीकृष्ण श्रेष्ठ भने बेलाबेलामा आफ्नो वालमा प्रोमोशनल स्टाटस र फोटोहरू राखिरहेका हुन्छन् । यस्तै जिवन लुईटेल जसको एकाउन्ट दुई बर्षदेखि सञ्चालनमा छ तर सुस्त गतिमा उनी फेसबुक अपडेट हुने गर्छन् । तर रिलिजको समय पर्दा आफ्ना फिल्मको प्रोमोशनमा उनी स्टाटस लेख्दै दर्शकलाई हल सम्म जान आग्रह गरिरहेका हुन्छन् । फेसबुकबाट सिनेकर्मीले मार्केटिङको अलवा पावर शो पनि गरिरहेका हुन्छन् जहाँबाट फ्यानसंख्या बढाउने काम सजिलै गर्न सकिन्छ ।