
एक महिना अघि गायिका मल्लिका कार्की, गायक विमल डाँगी र हिरो दिवस उप्रेतीलाई लिएर अमेरिका गएका संगीतकार शम्भुजित बाँस्कोटाले आफ्नो नेतृत्वमा रहेको सदस्यलाई स्वदेश फर्काएका छन् ।
अमेरिकाका विभिन्न स्टेटमा भएका सांस्कृतिक कार्यक्रममा सहभागीता जनाउन गएको उक्त टोलीले अमेरिकी थकानलाई काठमाण्डूमा आएर बिश्राम गरेको छ । अमेरिकामा नाचेको थकाईलाई होटल साङग्रिलाको लवीमा मेटाउदै गरेको अवस्थामा भेटिएको उक्त टोलीले कार्यक्रमको सफलता अनुरूप थकाईलाई पाँचतारे होटलमा मेटाएको जनाएको हो । थकान मेटाउन गायक विमल डाँगीको केही बेर उपस्थिीति देखिएको थियो भने मल्लिका, दिवस र शम्भुजित करिब तीन घण्टा होटल परिसरमा देखिएका थिए र उनीहरूलाई साथ दिएका थिए शम्भुजितका सहयोगी मित्र एवं कुनै समयका सक्रिय फिल्म एडिटर नरेन्द्र खड्काले ।
९ औँ पटकको अमेरिका भ्रमणबाट फर्किएका शम्भुजितले अमेरिकाको ६ स्टेटमा आयोजित विभिन्न कार्यक्रममा 'साथी म तिम्रो' को ए माया बोलको गीत गाएका थिए भने उनलाई मल्लिकाले साथ दिएकी थिईन् र साथमा दिवसले कम्मर मर्काएका थिए । 'ट्र्याकमा गीत गाएकाले मेरो भ्वाईस पनि ओर्जिनल जस्तै भएको थियो त्यसैले हरेक कार्यक्रममा यो गितको वान्स मोर हुँदा हामीले दोहोर्याएर पनि गाएका थियौ', मल्लिकाले भनिन् । यस्तै सिनेमा रिभ्यूमा संगीत पक्षको तारिफ ज्यादै भएको 'साथी म तिम्रो' को अडियो सिडी पनि हानालुछ भएर विक्रि भएको शम्भुजितले जानकारी गराए ।
टोलीमा रहेका अभिनेता दिवस उप्रेतेलीले पहिलो पटकको अमेरिकी यात्रा र त्यहाँ रहेका नेपालीहरूबाट पाएको आत्मीयतालाई कहिलै नबिर्सने बताए । कार्यक्रमको सिलिसिलामा क्यालोफोर्नियामा उक्त टोलीले डोनेशनका लागि समेत सांस्कृतिक कार्यक्रम गरिदिएको थियो । 'हरेक ठाँउमा पैसाको कुरा हुँदैन त्यसैले चेली ग्रुपले आयोजना गरेको डोनेशनको कार्यक्रममा हामीले दिल खोलेर प्रस्तुती देखायौं', शम्भुजितले बताए ।
टोलीको प्रस्तुतीलाई अमेरिकाका लागि नेपाली राजदुत शंकर शर्मा र संयुक्त राष्ट्र संघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले पनि अबलोकन गर्दै सम्मान पनि गरेका थिए । ६ स्टेटमा आयोजना भएका विभिन्न कार्यक्रममा शम्भुजितले आफ्ना सुपरहिट गितहरूको लिष्ट निकाल्दै दुई घण्टा डिजे चलाईदिएपछी उक्त बिषयले अमेरिकी माहोलमा नेपाली दर्शक हर्षित बनेका थिए । 'मलाई एक किसिमको जोश आयो र मैले दुई घण्टा निरन्तर डिजे बजाई दिएँ', शम्भुजितले भने ।
यस्तै शम्भुजितले नेपाली बाहुल्यता रहेको अमेरिकाको कुनै एक स्टेटको एक क्षेत्रलाई नेपाली टाउन राख्न समेत पटक पटक सुझाव दिदा अमेरिकामा रहेका नेपाली माँझ उत्साह पनि थपिदिएको अभिनेता उप्रेतीले अमेरिकी भ्रमण प्रसङ्ग निकाले । 'हामी उतै बस्ने न्यूज धेरै प्रकारले सार्वजनिक भएछ । अझ मल्लिका जी र मैले बिहे पनि गर्यौं भन्ने विभिन्न टिप्पणी भएछ । नभएको खबर बाहिर आउँदा ज्यादै दु:ख लाग्यो', फिल्मीखबरको जिज्ञासामा दिवसले प्रष्टयाए ।
सफलता पूर्वक यो पटकको भ्रमण सम्पन्न गरेर फर्किएको उक्त टोली आउने दशैको छेकोमा पुनः अमेरिका जादैछ । तर उता जानु अघि आउँदो बैशाखमा शम्भुजितले आफ्नो टिममा केही मानिस थप घट गर्दै बेलायती दर्शक माझ सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न जाने बताए । गत माघ ३ गते अमेरिका गएको सो टोलीका सम्पूर्ण सदस्य नेपाल फर्किए पनि कलाकार निर्मल शर्माको नेतृत्वमा रहेको सदस्य भने फर्किएका छैनन् । निर्मल शर्मा बाहेक सबै सदस्य अहिले अमेरिकामा नै छन् र ति मध्येकी एक सदस्य नायिका युना उप्रेतीको प्रसङ्ग भने मिडियामा विभिन्न कोणले आईरहेका छन् ।