मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुर्घटनामा नायिकाको गाला स्क्र्याच

फिल्मीखबर, काठमाण्डौ, 2012/03/05

नायिका नीता ढुंगाना दुर्घटनामा परेर घाईते भएकी छिन् । आईतवार साँझ आफ्नै घर भत्केको पुल छेउ बाईकमा ठोक्किएर दुर्घटनामा परेकी हुन् ।

 

काठमाण्डौको चपलीबाट सुटिङ सकेर घर फर्कने क्रममा साँझ करिब ४ बजे तिर गाडिबाट झर्ने बित्तिकै अपोजिट साईटबाट आएको बाईकले ठक्कर दिएपछि उनी घाईते भएकी हुन् । बाईक नीतको झोलाको फितामा अड्केपछि उनी लड्न पुगेकी थिईन् । बिग्रेको सडक र वरीपरी भएको ढुंगामा बजारिन पुगेपछि उनको दाहिने गाला स्क्र्याच भएको छ ।

 

एक्कासी ढुंगामा बजारिन पुगेकी नीता घाउ लाग्ने बित्तिकै नजिकैको हेल्पिङ अस्पताल उपचारका लागी पुगेकी थिइन् । हाल घरमा आराम गरेर बसिरहेकी नीता फिल्मीखबरसँग कुरा गर्दै भन्छिन्- 'त्यस्तो ठूलो चोट त लागेको छैन तर पनि गाला मज्जैले स्क्र्याच भएकोले सुनिएर निकै ठूलो भएको छ ।' डक्टरले एक सातामा निको हुने बताएकोले नीता अब एक साता घरमै आराम गरेर बस्ने छिन् ।

 

घाईते भएकाले नीता आज आफ्नै चलचित्र 'मेरो भ्यालेनटाईन' को मुहुर्त समारोहमा पनि उपस्थित हुन सकिनन् । मुहर्त बिहान कमलादी स्थित गणेश मन्दिरमा गरिएको थियो । सो चलचित्रमा उनी मुख्य पात्रको रूपमा अभिनय गर्नेछिन् ।