मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्रीषाको खबर गलत भन्छिन् कृषा

फिल्मीखबर, काठमाण्डौ, 2012/03/04

हल्लै हल्लाको उद्योगले समेत परिचित के टाउनमा दुई दिन यता यस्तै एउटा नचाहिने हल्ला चल्यो । हल्ला चलाउने तरिका विभिन्न भए पनि उक्त हल्लासंग जोडीएकी प्रोडयूसर कृषा चौलागाईले आफूलाई जोडेर बनाईएको हल्लाको खबरलाई हल्ला मात्र भएको बताएकी छिन् ।

दिवंगत अभिनेत्री श्रीषा कार्कीको जीवनीमा फिल्म बनाउने तयारीका साथ स्क्रिप्ट समेत तयार भएको खबर बाहिरिएपछी यो बिषय शनिबार मध्यान्न देखि आईतबार अपरान्ह सम्म तातो बहस बनेर बाहिरियो । तर उक्त बिषयसंग सम्बन्धित प्रोडयूसर कृषा चौलागाईले आफूले श्रीषाको जीवनीमा आधारित सिनेमा बनाउने कुनै पनि योजना नभएको बताएकी छिन् । उनले भनिन्- 'मैले डर्टी पिक्चर्स हेरेर फर्किएपछी त्यस्तै सिनेमा बनाउने भन्दै केही साथीलाई बताएकी थिए त्यो पनि धेरै पहिलो तर अकस्मात यो बिषयसंग सम्बन्धीत भएर अर्कै न्यूज आउदा अचम्म लागिराछ ।'

 

कृषाले श्रीषाको जीवनीमा सिनेमा बनाउने प्रसङ्गलाई तथ्यगत नहुने भन्दै श्रीषा माथिको जीवनीमा भबिष्यमा पनि सिनेमा बनाउने योजना नरहेको स्पष्ट पारेकी छिन् । उनले भनिन्- 'पहिले त उनको परिवारबाट यो बिषयमा स्वकृति लिनु पर्‍यो र दोस्रो श्रीषालाई गुमाएको उनको परिवारलाई यस्तो प्रस्तावले विचलित बनाउने समिक्षा हुँदा यो बिषय प्रस्ताव गर्नु नै गलत हुन्छ जस्तो छ । त्यसैले श्रीषा माथिको सिनेमाको कुरा गलत हो ।'

हाल 'के म तिम्रो साथी बन्न सक्छु' को रिलिजको लागि प्रोमोशनको सेडुवलमा ब्यस्त कृषा उक्त सिनेमा रिलिज नभई अर्को कुनै सिनेमा निर्माणको सोचमा नरहेको पनि बताउछिन्  । उनी भन्छिन्- 'विदेशी डायस्पोरा हुँदै यो सिनेमा रिलिज भएपछी मात्र अर्को सिनेमा बनाउने सोच आउनेछ जुन हिरोईनको सब्जेक्टमा बनाउने सोच चाहि बनाएको छु तर पर्टिकुलरली यो ब्यक्तिको प्रोफाईलमा आधारित भएर बनाउने भन्ने चाहि अहिले नै भन्न सक्दिन ।'

 

पछिल्लो समय निर्माण गरेको चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' लाई थाईल्याण्ड, इजरायल, हङकङ, मलेशिया र कतारमा प्रदर्शन गर्ने तयारी गरेकी कृषा केहि दिनमा चलचित्र लिएर डायस्पोर तिर लाग्ने छिन् । शबिर श्रेष्ठले निर्देशन गरेको सो चलचित्रमा आर्यन सिग्देल र दिप्ती गिरीको अनस्क्रिन रोमान्टिक लभस्टोरी हेर्न सकिनेछ । आर्यनले यो चलचित्र पछि अहिले सम्म कुनै चलचित्रमा अभिनय गरेका छैनन् । त्यसैले हाल सम्मका लागि उनको यो अन्तिम चलचित्र हो भने दिप्तीको यो पहिलो चलचित्र हो ।