मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिरको टोपी प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2012/03/04

तुलसी घिमिरे निर्देशित चलचित्र 'मृगतृष्णा' को गीतलाई फिल्मीखबर डटकमले वर्ल्ड प्रिमियर गरेको छ । बैशाख १ गते देशभरका सिनेमा घरमा प्रदर्शन हुने भनिएको सो चलचित्रको 'संसारकै शिरको टोपी सगरमाथा हो...' बोलको गीतलाई प्रोमोष्नल सङको रूपमा प्रिमियर गरिएको हो ।

 

साई गायत्री फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्र 'मृगतृष्णा' को प्रिमियर भने सिक्किममा गरिने भएको छ । आगामी मार्च २२ तारिखका दिन सिक्किमको बज्र हलमा सिक्किम प्रान्तका मुख्य मन्त्री डा. पवन चाम्लिङको प्रमुख आतिथ्यमा चलचित्रको प्रिमियर गर्ने तयारी भईरहेको निर्माता मध्यका एक हेमन्त बुढाथोकीले फिल्मीखबरलाई जानकारी गराए । प्रिमियरमा नेपालबाट चलचित्रको युनिट र केहि सञ्चारकर्मीको उपस्थिती रहने बुढाथोकी बताउँछन् । सिक्किममा प्रिमियर पछि नियमित शो पनि गरिनेछ ।

 

बिराज भट्ट, कर्म, नन्दिता केसी, भारती घिमिरे, ध्रुब दत्त, हेमन्त बुढाथोकी, शुष्मा कार्की, उमेश मायालु, रामचन्द्र अधिकारी लगायतका कलाकारले अभिनय गरेको सो चलचित्र शिक्षित बेरोजगार युवाहरूको कथामा आधारित छ । शम्भुजित बाँस्कोटाको संगीत रहेको उक्त चलचित्रमा शिब ढकालको छायाँकन, दिनेश अधिकारी र कमल राईको नृत्यनिर्देशन, रोशन श्रेष्ठको द्धन्दनिर्देशन तथा भारती घिमिरे र अनन्त घिमिरेको सम्पादन रहेको छ ।

 

चलचित्रको गीत प्रिमियरसँगै केहि पोस्टर तथा तस्विरहरू पनि सार्वजनिक गरिएको छ ।