मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हाईवे टू धम्पुसले के सिकायो राजबल्लभलाई ?

फिल्मीखबर, काठमाण्डौ, 2012/03/04

अन्तत: एक महिने नेपाल सुटिङ पश्चात हलिउड मोसन पिक्चर्स हाईवे टू धम्पुसको यूनिट स्वदेश फर्किएको छ । नेपाली सिने ठिटो राजबल्लभ कोईरालाई लिड रोलमा खेलाएको उक्त यूनिट शनिबार ठमेलको एक रेष्टूरामा आयोजित कार्यक्रममा नेपाली आर्टिष्ट तथा क्रु मेम्बरसंग अन्तिम हग गर्दै अमेरिका फर्किएको  हो । पोखरा, धम्पुस तथा सोलुखुम्बुमा समेत छायाकंन भएको उक्त सिनेमाको नेपाल पार्ट सकी उक्त युनिट अमेरिका हानिएको हो ।


'नेपाल पार्ट सकियो अब नेक्स्ट सट लण्डन जहाँ हिरोईनको स्टोरी छ, त्यस पश्चात कुवेत वा ईराक र फोर्थमा अमेरिकाको पार्ट खिचेपछी सिनेमा प्रोष्ट प्रोडक्सनमा जानेछ', राजबल्लभले सिनेमाको नेपाल पार्ट सकिएको प्रसङ्गमा फिल्मीखबरलाई जानकारी गराए । दुई दर्जन नेपाली सिनेमा खेलिसकेका बल्लभले बिदेशी टिमसंग पहिलो पटक काम गर्दा कस्तो अनुभुति पाए त भन्ने विविध प्रश्नमा उनी भन्छन्- 'काम त हाम्रो र उनीहरूको उस्तै हो तर उनीहरूको काम गराईलाई हेर्दा लाग्छ उनीहरू त्यसै सम्पन्न भएका रहेनछन् । त्यसैले हामीले सिक्न धेरै बाकी रहेछ । सम्पन्न र सफल हुन परिश्रम, सहनशिलता र स्पष्ट दृष्टिकोण चाहिन्छ भन्ने कुराबाट म प्रभावित भएको छु ।'


बल्लभले सिनेमा निर्माणको शैलीलाई तालिकामा प्रस्तुत गरी गरिने शैलीले आफूलाई धेरै सिकाएको पनि बताए । उनले भने- 'सिनेमाको स्क्रिप्टलाई बुक बनाएर हरेकको हातमा दिईने सिस्टम निकै तारिफ योग्य थियो । त्यस्तै कल सिट तयार गरी मेकअप सेडुवल, ब्रेक फाष्ट र लन्च समेत समयमा तोकिएर गरिने कार्यशैली समेत तारिफ योग्य थियो ।' यस्तै बल्लभ भन्छन्- 'टाईममा हरेक चिज गर्ने हुदा टाईमसंग कसैको कम्प्रमाईज नगरिने रहेछ त्यसैले भोली पल्टको सुटिङ टाईममा सक्न अघिल्लो दिन रिहर्लसल समेत गर्ने उनीहरूको बानी राम्रो लाग्यो ।'

 

यस्तै सिनेमा खिच्न प्रयोग गरिएका चार प्रकारका क्यामेराको पनि उनी तारिफ गर्छन् । भन्छन्- 'प्लेनमा खिच्दाको सटमा एक प्रकृतिको क्यामेरा भए पनि अर्को स्थानमा खिचिने दृश्यमा अर्कै क्यामेरा प्रयोग गरिदा काम गर्न पनि जाँगर आउँदो रहेछ ।' हलिउड फिल्ममा उनले गत मंसिर २६ गते साईन गरेका हुन् । जसको लाष्ट च्याप्टरको सुटिङका लागि उनी अमेरिका जानु पर्ने हुन्छ । यस्तै बल्लभले रिक एमसी फरल्याण्डको नयाँ प्रोजेक्टमा दोहोरिने सम्भावना पनि त्यतिकै रहेकाले अमेरिकाको यात्रा जुन सुकै बेला हुने पनि रहस्य खोले । यध्यपी तत्काल उक्त यूनिटको नयाँ प्रोजेक्टमा उनी अनुबन्धीत नभए भर्गो (कन्या राशी) भन्ने नेपाली सिनेमामा उनी ब्यस्त हुने छन् । 

 

हाईवे टू धम्पुसमा राजबल्लभका अलवा देशभक्त खनाल, सुयशा राना, सुयश गुरूङ तथा बेलायती अभिनेत्री रिचेल हर्ड उड र अमेरिकी अभिनेता गनर राईट लिड रोलमा छन् ।