Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्रको सेन्सर विकास बोर्डमा गर्ने तयारी

सुमन वाग्ले, काठमाण्डौ, 2012/03/04

नेपाली चलचित्रको विकास र प्रवर्द्धनका लागि भनेर खोलिएको सरकारी निकाय चलचित्र विकास बोर्डले सेन्सरका लागि उपयुक्त सिनेमा भवन बोर्डमा भएकाले केहि दिनमै चलचित्रको सेन्सर बोर्डमा नै हुने बोर्डका प्रवक्ता विकास आचार्यले फिल्मीखबरलाई जानकारी गराए ।

 

विगतदेखि सेन्सर बोर्डले चलचित्रको सेन्सरका लागि सिनेमा भवन भाडा लिएर चलचित्रको सेन्सर गराउदै आएको थियो । जसअर्न्तगत चलचित्र संघको कार्यालयमा अवस्थित हलमा चलचित्रको सेन्सर हुँदै आएको थियो । अहिले चलचित्र संघको हल पुर्ननिर्माण भईरहेको र सेन्सर गर्न गार्‍हो परिरहेको अवस्थामा बोर्डले आफ्नै हलमा सेन्सर गर्ने तयारी गरेको हो ।

 

चलचित्रको सेन्सरका लागि हल मालिकहरुसँग हारगुहार गर्दै चलचित्र भवन भाडा लिने प्रथाबाट मुक्ति पाउनका लागि भएपनि विकास बोर्डको भव्य भवनमा सेन्सर गर्न लागिएको प्रवक्ता आचार्यको भनाई छ । उनि भन्छन्- 'सन्चार मन्त्रालयमा पत्राचार गरिसकिएको छ । उताबाट पारित भएपछि पत्रकार सम्मेलन गरेर केहि कार्यनिती समेत सार्वजनिक गर्ने छौं ।'