Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आकाशमा पनि रावणकै कुरा

देबेन्द्र क्षेत्री, पोखरा, 2012/03/04

नायिका रेखा थापा जहाँ पुग्छिन् त्यहाँ आफ्नो होम प्रोडक्सनको चलचित्र 'रावण' को पब्लिसिटी गरि हाल्छिन् । सञ्चारमाध्यममा होस् या कुनै महोत्सव या कुनै पार्टी उनलाई रावणकै कुरा गर्नुछ ।

 

काठमाण्डौको हो हल्ला, धुँवा प्रदुषणबाट आजित भएकी रेखा स्वच्छ हावा खोज्दै पोखराको पर्यटकिय क्षेत्र सराङकोटमा भेटिईन् । जोमसोमबाट फर्कने क्रममा पोखरा पुगेकी रेखालाई आकाशमा उड्न मन लागेछ र त उनी प्याराग्लाईडिङ चढ्ने मन गरिन् । तर रमाईलो कुरा उनले आकाशमा उड्ने क्रममा पनि चैत्र २७ गते रिलिज हुन लागेको चलचित्र 'रावण' को पब्लिसिटी गर्न भ्याईन् । सुन्दर नगरी पोखरालाई अवलोकन गर्दै रेखाले पाईलटलाई भनिन्, 'रावण चलचित्र राम्रो बनेको छ हेर्न जानु है ।'

यसअघि बन्जिजम्प, क्यानोनोईङ जस्टा स्टन्ट दिईसकेकी यि बहादुर नायिकाले प्याराग्लाईडिङ चढ्दा केहि डर लागेको महसुस भने गरिन् । उनले भनिन्, 'अलि अलि डर लाग्यो तर धेरै आनन्द आयो ।' पोखरा बसाईको क्रममा रेखाले रेडियो सफलतासँगै थुप्रै सञ्चारमाध्यममा अर्न्तवार्ता दिन भ्याईन् ।

अर्न्तवार्ता दिने क्रममा उनले रावणको चर्चा त गरिन् साथमा निर्देशन कमलकृष्ण पौड्यालको पनि खुलेर प्रशंसा गरिन् । उनले भनिन्, 'म उहाँको फ्यान हो । चलचित्र राम्रो बनाई दिनुभएको छ त्यसैले त म झन् उहांको फ्यान भएकी छु ।' कमलकृष्णले निर्देशन गरेको चलचित्र 'रावण' मा रेखाको साथमा सबिन श्रेष्ठ र किशोर खतिवडाले अभिनय गरेका छन् ।