Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र संघमा लक्जरी हल बन्दै

फिल्मीखबर, काठमाण्डौ, 2012/03/03

नेपाल चलचित्र संघले आफ्नै भवनमा लक्जरी प्रिभ्यू सिनेमा हल निर्माण गर्दैछ । निर्माण कार्यको अन्तिम चरणमा पुगेको सो हल ५१ सराउण्ड सिस्टम र एसी सहित करिब ३५ वटा लक्जरी सिट राखिनेछ ।

 

एक साता अघि निर्माण शुरू गरिएको सो हल अबको एक साता भित्रमा तयार हुने संघका उपाध्यक्ष प्रदिप उदयले फिल्मीखबरलाई जानकारी गराए । चलचित्र निर्माण गरेपछि प्रिभ्यू हलको निकै समस्या परेको देखेर हल निर्माण गरिएको उदयको भनाई छ । करिब ९ लाखको लागतमा निर्माण हुन लागेको सो हल बिशेष छुटका साथ चलचित्र हेर्न दिईने उदय बताउँछन् । उनी भन्छन्, 'प्रिभ्यूका लागी चलचित्रकर्मीलाई निकै समस्या परेको हामीले महसुस गरी यो हल निर्माण गरेका हौं । अब जुनसुकै समयमा पनि बिशेष छुटका साथ हामीले यो हल उपलब्ध गराउन सक्छौं '

 

नेपालमा चलिरहेका डिसिएन, क्यूब लगायतका सबै सर्भरहरूमा चलचित्र देखाउने सुबिधा संघले दिने बताईएको छ । हाल फिल्म हलमा चलचित्रकर्मीले ३० देखि ६० हजार सम्म तिरेर चलचित्रको प्रिभ्यू तथा बिशेष शो गर्दै आएका छन् तर अब हामीले बढिमा १० हजारमा यो हल उपलब्ध गराउने छौं', उदयले भने । संघको सो हलमा यस अघि चलचित्रको सेन्सर हुँदै आएको थियो र भोलीका दिनमा पनि हुने उदयले बताए ।