लुटले ५१ औं दिन मनाएको प्रसङ्गमा उत्साहको साथ रिपोर्टिङ गर्न जसरी म कार्यक्रम स्थल आर्मी अफिर्स क्लब पुगें तव सिने सेलिब्रेटीको बाक्लो उपस्थितिले मन प्रफुल्लित भयो । जर्नलिष्ट भएका नाताले आफ्नो कम्प्याक्ट क्यामेराले उपस्थित सेलिब्रेटीहरूको फोटो खिच्ने क्रममा अभिनेता बिराज भट्ट उभिएको स्थानमा निशा अधिकारी पनि थिईन् । ढल्कयो ढल्क्यो भन्ने सुपरहिट गितमा जमेको यो जोडीलाई संगै देखेपछि मेरो क्यामेरा त्यतैतर्फ मोडियो । पहिलो स्न्याप्स हान्दा निशाबाट खासै प्रतिक्रिया आएन तर अर्को एंगलमा दोस्रो स्न्याप्स क्लिक गर्ने बेलामा निशा एक्कासी बाघले झम्टिएझै मेरो क्यामेरा खोसिन् र भनिन्- 'तपाईलाई मेरो फोटो खिच्ने कुनै अधिकार छैन ।' उनले त्यस किमिसमको ब्यबहार देखाउदा उनीसंगै फोटो पोजमा रहेका अभिनेता बिराज भट्ट स्तब्ध मात्र भएनन् छेउमै रहेकी कोरियोग्राफर रेनाशा राई, उनीहरूको पछिल्लो पङिक्तमा रहेका सिने जर्नलिष्ट दिनेश सिटौला र अग्रपङिक्तमा रहेका अभिनेता आर्यन सिग्देल र निर्देशक दिनेश राउत पनि निशाको उक्त ब्यबहारबाट अचम्मित भएका थिए ।
निशाले फोटो खिच्ने अधिकार छैन भन्ने उनको गर्जनमा मेरो प्रश्न झर्यो 'तपाई सेलिब्रेटी हुनुहुन्छ सार्वजनिक कार्यक्रममा यस्तो भन्न सुहाउँछ ? त्यसैले मेरो क्यामेरा खोस्ने अधिकार तपाईलाई छैन' भने पछि फेरी उनले गर्जन शैलीमा तपाईको फिल्मीखबर डटकम बन्द गरिदिन्छु भन्दै औला ढड्याईन् । जसको प्रतिबादमा मैले भने- 'एउटा मिडियामाथि धावा बोल्नु भयो अप्ठयारो पर्ला तपाईलाई ।' करिब दुई मिनेटको यो प्रतिबाद पश्चात निशाको यो ब्यबहारको बिषयमा मेरा सहकर्मीहरूलाई जानकारी गराएँ । त्यसको केही मिनेट पश्चात निशा फायर भएर मोडल समेत रहेकी सञ्चारकर्मी साहाना बज्राचार्यसंगै कार्यक्रमको अघिल्लो पङिक्तमा राखिएको कुर्सीमा गएर बसिन् ।
निशाले फोटो खिच्दा त्यस किसिमको धावा बोलेको बिषयले एउटा कलमजीवी पत्रकारको मन दुख्नु स्वाभाविक थियो त्यहि पनि सेलिब्रेटी हुन उनीहरूको फोटो खिच्नु मेरो कर्म र धर्म हो भन्ने सोच सहित पुनः म फोटो खिच्न तर्फ लागे । जुन फोटो खिचाईएको फ्रेममा पुनः निशा परिन् । क्यामेराले निशा र साहानाको फोटो एक साथ कैद गर्ने क्रममा जव म अगाडी गएँ राक्षसी शैलीमा निशा जुरूक्क उठिन् र पुनः फोटो खिच्ने अधिकार छैन् भन्दै उनले दोस्रो पटक दुर्व्यवहार गरिन् । सोही क्रममा साहाना पनि उनीसंगै उठेर आईन् र मलाई धम्क्याईन् । जुन धम्क्याईलाई बरिष्ठ पत्रकार आदरणिय दाजु प्रकाश सुवेदीले छुट्याउने प्रयास गर्नुभयो तर साहानाले मेरो क्यामेरा खोस्दै म माथि झम्टिएको दृश्य निकै लाज मर्दो थियो । ( भिडियो सम्पूर्ण टेलिभिजनका क्यामेराले कैद गरेका छन् र उनीहरूको सौजन्यमा हामी राख्ने छौ ।)
निशा तर्फको मेरो क्यामेराको एंगल तेस्रो पटक थियो जुन बिषयमा समग्र सिने जर्नलिष्टले आपत्ति जनाएपछी कार्यक्रमको माहोल विथोलिएको थियो । यसै प्रसङ्गमा मिडियाले साहानालाई क्यामेरा खोस्नुको बारेमा स्पष्टीकरण दिनुस भन्ने प्रश्नमा धेरै फोटो खिचेको भनी आरोप लगाईन् तर सार्वजनिक कार्यक्रममा आएको सेलिब्रेटीको फोटो पत्रकारले विभिन्न मुडका दृश्य सहित कैद गरेको प्रसंग तर्क संगत नभएपछी उनी बोल्न सकिनन् र अफिर्ससको क्लव भित्र निशासंगै हराईन् । उनलाई लुकाउन रेमन दास श्रेष्ठ र अभिनेत्री ऋचा शर्माले सहयोग गरे । तर बिषयले विवादको रूप लिएपछी दश मिनेट पश्चात निशा र साहाना पुनः स्टेजमा आए अनि क्यामेरा खोसेको बिषयमा निशाले माफी मागिन् ।
(भिडियोमा हेर्नुस उनले माफी मागेको दृश्य)
निशाले गल्ती स्वीकार गर्दै माफी माग्नु मेरा र मेरा सहकर्मी साथीहरूका लागि अलि पुगेन र मैले स्टेजमा गएर पुनः आग्रह गरे- 'माफी साहानाले पनि माग्नु पर्छ जुन दृश्य सम्पूर्ण टेलिभिजनका क्यामेराले कैद गरेका छन् ।' यति सम्मकी निशालाई मेरो एक औलाले पनि छोएको छैन तर सोही स्टेजमा साहानाले पनि माफी माग्नु पर्छ भन्ने मैले आग्रह गर्दा निशाले मेल पत्रकार भएर फिमेल आर्टिष्टलाई छुन खोज्यो हात हाल्यो भन्दै कार्यक्रममा आफ्नो तुच्छ प्रबृति देखाईन् । निशालाई मेरा हातहरूले कही पनि छोएको थिएन अत सार्वजनिक स्थानमा एउटै इन्डष्ट्रीमा काम गर्दा टच मात्र भयो भनी घृणित आरोप लगाउनुलाई निशाको बौद्धिकता माथि म घोरिए सोच्न बाध्य भएँ । निशाले सवै टेलिभिजनको क्यामेरा अगाडी मलाई छोयो भनी गिरेर म माथि आरोप लगाईन् जुन शत प्रतिशत गलत थियो । यो आरोपको भिडियो पनि टेलिभिजनसंगको सौजयन्यमा हामी अपलोड गर्ने छौ ।
फरक किसिमका न्यूज लेख्ने शैलीका कारण इन्डष्ट्रीमा फरक कोणले परिचित म उक्त कार्यक्रममा मात्र हैन हरेक कार्यक्रममा उपस्थित भएका सेलिब्रेटीलाई एक पटक आफ्नो क्यामेराको फ्रेममा पार्ने गर्छु । किनकी सिने जर्नलिष्ट भएकाले उनीहरूका हरेक साना गतिविधलाई प्राथामिकतासाथ खबर मार्फत दर्शकमाझ पुर्याउने मेरो एक मात्र उदेश्य र सिने उद्योगका लागि मेरो कर्तव्य पनि हो । तर मेरो कार्यको निरन्तरतामा निशाले देखाएको राक्षसी प्रबृतिको ब्यबहारले एउटा पत्रकारको कलम भाँच्ने प्रयास भएको मैले महुसस गरेको छु ।

