Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सञ्चिता क्रेजी बिमलेश

फिल्मीखबर, काठमाण्डौ, 2012/03/01

तपाईको मन पर्ने सिने सेलिब्रेटी को ? भन्दा प्राय सिनेकर्मीहरूले हलिउड र बलिउडका कलाकारहरूको नाम अगाडी भन्ने गर्छन् । लाग्छ कि उक्त उत्तर सुन्दा आफ्नै सहकर्मीहरूलाई उनीहरूले भुली रहेका छन् ।


तर उद्योगमा राम्ररी जम्ने सुर कसेका ब्रेकफेल हिरो बिमलेश अधिकारी अन्य सेलिब्रेटी भन्दा अलि भिन्न रहेछन् । रिलिज हुन लागेको उनको दोस्रो सिनेमा तुलसीको प्रोमोशनमा जति उनी खटिएका छन् । त्यो खटाईको भिडमा आफ्नी मन पर्ने हिरोईनलाई भेट्दा उनी निकै एकोहोरिए । हेयर ड्रेसर लोकेश थापाको ब्यूटी पार्लरको उदघाटन कार्यक्रममा भेटिएकी मम्मी हिरोईन संचिताको आकर्षक लुक्सबाट मात खाएका बिमलेशले संगै आएकी आफ्नी हिरोईन ऋचा घिमिरेलाई बिर्सिएर सञ्चितासंग लामो समय सम्म बात मार्न पछि परेनन् ।

 

यति मात्र हैन जव मिडियाको क्यामेरा अगाडी पर्थ्यो तव सञ्चितासंग विभिन्न पोज दिन बिमलेश पछि पर्दैन थिए । हुन त बिमलेशले एक बर्ष अघि ऋचाको बर्थडेमा सञ्चितालाई पहिलो पटक भेटेका थिए र सोही बेला देखि सञ्चितासंगको उनको आकर्षण थप बढेको हो । 'ओ माईगड क्या ब्यूटिफूल है !' जव बिमलेशले सञ्चिताको तारिफ फिल्मखबरसमक्ष गरे तव उनी सञ्चिताको लुक्सबाट मात खाएको प्रष्ट देखिन्थ्यो ।

 

कार्यक्रममा करिश्मा मानन्धरले पनि सञ्चिताको तारिफ खुलेर गर्दै उनको लुक्सबाट आफूलाई डाहा भएको बताएकी थिईन् । उनले सञ्चिता समक्ष भनेकी थिईन्, 'यू लुक्स सो ब्यूटिफुल ।' सञ्चितासँग म तिम्रो छोरालाई भेट्न एक दिन आउँछु भन्दै करिष्मा कार्यक्रमबाट बहिरिएकी थिईन् ।