मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विद्यार्थी र अभिभावक बिच ‘काठमाण्डु’ को चर्चा

रेम बिक, पोखरा, 2012/03/01

पोखराको विद्यार्थी पुस्ता र अभिभावकहरुले अहिले चलचित्र ‘काठमाण्डू’ को चर्चा दिल खोलेर गर्न थालेका छन् । आकाश अधिकारी निर्देशित नेपाली कथानक चलचित्र ‘काठमाण्डू’ को चर्चा पोखरामा चुलिनुको कारण यसले बोकेको कथा हो । सन्देशमुलक कथा भएको चलचित्र ‘माउथ टु माउथ पब्लिसिटी’ कै कारण पोखराको वाराहि हलमा तेस्रो सातासम्म आईपुग्दा पनि अन्य सबै चलचित्र भन्दा बढि कलेक्सन गरिरहेको छ ।


‘चलचित्र मिस यु, लुट र मजबुर भन्दा काठमाण्डूको कलेक्सन निकै राम्रो छ’ सिने प्लाजा पोखराका संचालक उत्तम द्वाले भने–‘दोस्रो साता चलचित्रले एकाएक पिकअप लिएको छ ।’ चलचित्र हेर्न दर्शक आउनुको मुख्य कारण नै चलचित्रको ‘माउथ टु माउथ पब्लिसिटि’ को कारण भएको द्वाले बताए । तेस्रो सातामा आईपुग्दा भुवन केसीको चलचित्र ‘साथी म तिम्रो’ संग भिड्नु पर्ने भए पनि ‘काठमाण्डू’ प्रति विद्यार्थी र अभिभावकहरु बढि नै सकारात्मक भईरहेको उनको बुझाई छ ।

धनसम्पत्ती, कुलत, व्यस्तता, स्वतन्त्रताको नाममा दिईने छाडापना जस्ता कुराले युवापुस्तालाई कता तर्फ डोर्‍याईरहेको छ त ? यी कुरा थाहा पाउन चलचित्र ‘काठमाण्डू’ सबैले एकचोटी हेर्नै पर्ने चलचित्र हेरेर फर्किएका विग एफएमका कार्यक्रम संयोजक शौभाग्य आचार्यले बताए । ‘चलचित्रले पारिवारीक र सामाजिक समस्यालाई निकै राम्रो गरि उत्थान गरेको छ’, उनले भने–‘समस्या समाधान गर्नका लागी विभिन्न उपायहरु पनि चलचित्रले छोडेको छ ।’

विहिबार वाराहि चलचित्र भवनमा चलचित्र काठमाण्डू हेर्न आईपुगेका एक वृद्धले चलचित्रको दृष्य अन्य नेपाली चलचित्र भन्दा निकै सफा देखिएको उल्लेख गरे । ‘चलचित्र राम्रो देखिनुका साथै छोराछोरीलाई कस्तो बाटोमा हिँडाउनुपर्छ भन्ने कुरा पनि सिकाएको रैछ’, उनले भनिन्–‘मलाई त एकदम मन पर्‍यो ।’ रेड फोर के क्यामेराले खिचेको चलचित्र काठमाण्डूको दृष्य गुणस्तर अन्य नेपाली चलचित्रको भन्दा निकै राम्रो देखिएको चलचित्र हेरेर फर्किएका अन्य दर्शकहरुले पनि भने ।