मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'मिस यू' हेर्न दिलिपको आग्रह

प्रदिप कार्की, सर्लाही, 2012/03/01

सर्लाहीको हरिवन र ढुंग्रेखोलामा चलिरहेको कैलाशपुरी महोत्सवमा सधैं चलचित्रको पर्दामा देख्दै आएका दर्शकहरू नायक दिलिप रायमाझीलाई देख्न पाउँदा निकै खुसी देखिए ।

 

चलचित्र 'मिस यू' को प्रचारप्रसारका लागी पुर्वी शहर हिडेका रायमाझीले आफुले निर्माण गरेको पहिलो चलचित्र 'हामी साथि भाई' बाट पाएको पाठबाट खारिएर 'मिस यू' निर्माण गरेकोले एक पटक हलसम्म गएर चलचित्र हेरी दिन दर्शकलाई आग्रह गरे । त्यसैगरी उनीसंगै आएका निर्देशक सुरेस दर्पण पोखरेलले तपाईको प्रिय नायक दिलिप रायमाझीले निर्माण गरेकोले पनि चलचित्र हेर्नै पर्ने भनेर दर्शकलाई हौस्याए ।

 

महोत्सवमा हाँस्य कलाकार महादेव त्रिपाठी 'जादुगर' ले विभिन्न जादुका कला देखाएर दर्शकलाई हँसाएका थिए । पूर्व पश्चिम लोकमार्गस्थित हरिवन चोकबाट तीन किलोमीटर उत्तरमा पर्ने कैलाशपुरी क्षेत्रको ऐतिहासिक महत्व उजारगर गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा साँगितीक समुह द एक्स, अनिल सिंह, तिलक बम मल्ल, हिमाल सागर, हाँस्य कलाकार सुलेमान शंकर 'इकु' आदिको प्रस्तुती रहने आयोजक समितीका अध्यक्ष विजय पुलामीले जानकारी दिए ।