मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भावना र संवेगहरुले भरिएको 'अपवाद' प्रदर्शनको संघारमा

फिल्मीखबर, काठमाण्डौ, 2012/02/29

हामी जतिसुकै अराजक भएर बाँच्न खोजे पनि समाज भन्दा पर भाग्न सक्दैनौं । कतै न कतै सामाजिक मूल्य र मान्यताहरुले हामीलाई बाँधिरहन्छन् । न हामी त्यसलाई मान्न चाहन्छौ न भत्काउने सामर्थ्य नै राख्छौ ।

 

यो एउटा सुयोग नामक प्रतिनिधी पात्रको कथा हो । आम युवा जस्तै सुयोगले पनि जिन्दगीका सपनाहरु बुन्छ र एकदिन सपनाहरु पूरा हुने ध्येय राख्छ तर एकपछि अर्को गरि सपनाहरु तुषारापात भएपछि ऊ कसरी विक्षिप्त हुन्छ र त्यसको परिणतीको हद के सम्म हुन सक्छ ? आशाका किरणहरु बिलाउँदै गएपछि जिन्दगीले हुत्याएर कहाँ कहाँ पुर्याउँछ र सपना र खुशीको खोजमा ऊ कहाँ कहाँ कसरी भौतारिन्छ ? त्यो नै हो अपवाद ।


हजारौ मध्यमवर्गीय युवाहरुको कथा बोकेको नेपाली कथानक चलचित्र अपवाद प्रदर्शनको तयारीमा छ । बैशाखको दोस्रो साताबाट प्रदर्शनमा आउन लागेको सो चलचित्र युवाहरुको सपना, मनोव्यथा र वेदनाहरुको कथा हो जसले चाहँदा चाहँदै पनि आफना सपनाहरुको चङ्गा उडाउन पाउँदैनन् । भावना र संवेगहरुले भरिएको अपवादलाई सुवास कोईरालाले निर्देशन गरेका हुन् । चलचित्रमा राजबल्लभ कोईराला मुख्य पात्रको रूपमा देखिंदै छन् र उनलाई साथ दिएकी छिन् निशा अधिकारीले ।

 

सुशान प्रजापती, सुरज कोईराला, उपेन्द्र लामिछाने र विकाश दुवालले संयुक्त रूपमा लगानी गरेको चलचित्र अपवादमा रबि गिरी र बिजया गिरीको पनि मुख्य भुमिका रहेको छ । निर्देशक कोईरालाको पटकथा रहेको सो चलचित्रको डाईलगमा निर्देशकलाई उज्ज्वल मेघी, शेखर ज्ञवाली र उपेन्द्र लामिछानेले सघाएका छन् । गीत तथा संगीत उज्ज्वल मेघी गुरूङको रहेको छ भने छायाँकन सुशन प्रजापतीको रहेको छ । चलचित्रको सम्पादन राजु गुरूङले गरेका हुन् ।