Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काईंयो बोकेर फर्किए लोकेश

फिल्मीखबर, काठमाण्डौ, 2012/02/29

सिनेकर्मीहरूको दैनिकी अब सिनेमामा मात्र सिमित रहेन । मिहिनेत अनुसारको परिश्रमको प्रतिफल नपाईरहेको यो अवस्थामा सिनेमाको पेशाबाट टाढिने सिनेकर्मीको संख्या पनि यो उद्योगमा प्रशस्त छ । कोही सफल भएर पनि आफूलाई यो पेशाबाट अलग्याएका छन् त कोही काम अनुसारको प्रतिफल पाईएन भन्दै यो पेशाबाट टाढा भएको पाईन्छ । तर मात्र यति फरक हो कि पर्दामा देखिने सिनेकर्मीको दाँजोमा पर्दा पछाडीका सिनेकर्मी पनि यो पेशाबाट पलायन भएका खबर त्यति बाहिर आएका छैनन् । जस मध्येमा पर्छन् रेखा थापासंग बर्षेनि भाईटिका लगाउने  हेयर ड्रेसर लोकेश थापा ।


झण्डै एक दशक सिने उद्योगमा उनले चलाएको काईंयोको याद हिरोईनहरूले अझै बिर्सन सकेका छैनन् । चाहे त्यो बिपना थापा नै किन नहोस् वा भनौ करिश्मा मानन्धर अनि बीचको पुस्ताका अभिनेत्री ऋचा घिमिरे होस् वा संचिता लुईटेल र रेखा थापा । लोकेशको काईंयो कोराईलाई सवै हिरोईन तारिफ गर्छन् । तर समय पनि बदलियो र लोकश पनि बदलिए र दुई बर्षको ग्यापमा अब लोकेश पुनः यो उद्योगमा फिर्ता हुँदैछन् आफ्नो काईंयो बोकेर ।


तँ त साहै बिग्रिस नि बद्री देखि बन्दी सम्मको उनको एक दशक फिल्मी यात्रा अब पुनः सुरू हुन लागेको हो । जस अनुरूप उनले उद्योगमा फर्कने योजना अनुरूप बुधबार आफ्नो ब्यूटि पार्लर 'लुक्स फर एभर' लाई हिरो विमलेष अधिकारी, सुनिलदत्त पाण्डे र तीन हिराईनहरू करिश्मा मानन्धर, संचिता लुईटेल र ऋचा घिमिरेको हातबाट उद्घाटन गराए ।

 

बुधबार पुरानो बानेश्वर स्थित आफ्नै लगानीमा  नयाँ ब्यूटि पार्लरको उद्घाटन आफ्ना प्रिय हिरोईनहरूबाट गराएका लोकेश भन्दै थिए- 'यो उद्योगबाट म टाढिएको हैन । दश बर्षे फिल्मी करिअर मेरो नशा नशामा रगतसँगै दौडिरहेको छ जसकारण दुई बर्षको मेरो ग्याप भए पनि आर्थिक थप मजबुत हुने योजना अनुरूप पार्लर उद्घाटन गर्दै मैले सिनेमामा फर्कने सोच बनाएको छु ।' लोकेशले ७० बढी सिनेमामा हेयर डिजाईनर भएर काम गरिसकेका छन् । जसको तारिफ अधिकाश सिनेकर्मी गर्छन् ।


निखिल उप्रेती कन्ट्रोभर्सीदेखि मिडियाबाट अलि पर रहेकी अभिनेत्री संचिता लुईटेलले रिवन कटाई समारोहमा आफू पनि यो उद्योगबाट नटाढिएको  र चाढै नै फिल्ममा सक्रिय हुने बताईन् । हिरोईन रेखा थापासंग भाईटिका लगाउने लोकेशले रेखा जोमसोम गएकाले उनलाई मिस गरे भने अरूणिमा लम्साल रिवन काटीसकेपछी आउदा पनि दङ्ग थिए ।
.