मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुर्वमा 'मिस यू' टोली

अर्पण ढकाल, धरान, 2012/02/29

फाल्गुन ५ गते बाट देशभर एक साथ प्रदर्शनमा आएको चलचित्र 'मिस यू' को निर्माण टोली यतिबेला चलचित्रको प्रोमोसन एवं दर्शक प्रतिक्रिया बुझ्न देश दौडाहामा रहेको छ । पोखराबाट सुरु भएको चलचित्र 'मिस यू' को दौडाहा यतिबेला पूर्वाञ्चल आइपुगेको छ । दौडाहामा हिडेको यो टोलीमा चलचित्रका निर्माता एवं नायक दिलिप रायमाझी र निर्देशक सुरेश दर्पण पोख्रेल रहेका छन् ।
          

मंगलबार बेलुका धरान आइपुगेको टोली बुधबार बिहान धरानको स्थानीय एफएम एवं पत्रिकाहरुमा अन्तर्वार्ता दिन ब्यस्त थियो । धरानको शिव सिनेमामा सम्भवत यो शुक्रबारबाट चलचित्र प्रदर्शन हुने छ । धराने दर्शकले चलचित्रलाइ व्यग्रताको साथ पर्खेको हुनाले धरानमा समेत चलचित्रले राम्रो कलेक्सन गर्ने निर्देशक सुरेश दर्पणले बताए । स्थानीय दन्तकाली एफएमको कार्यक्रममा अन्तर्वार्ता दिदै नायक एवं निर्माता दिलिप रायमाझीले आफ्नो पुरानो दर्पणछायाँ फेमलाई 'मिस यू' ले पुर्नजागृत गराएको बताए । चलचित्र प्रदर्शन भएको तेस्रो सातासम्म पनि चलचित्र प्रदर्शन भैरहेको र सम्पूर्ण हलहरुमा राम्रो व्यापार गरिरहेको निर्देशक दर्पणले जानकारी गराए ।


धरानमा प्रचारप्रसारको काम सकेर चलचित्रको टोलि बुधबार नै दमक लागेको छ । चलचित्र प्रदर्शन भैरहेको निलकण्ठ हलमा पुगेर यो टोलीले चलचित्र हेर्न आएका दर्शकको प्रतिक्रिया लिएको थियो । हलमा भेला भएका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि दिलिप र सुरेश दुवै झन् उत्साहित बनेका छन् ।

 

दमकको स्थानीय पाथिभरा एफएम र हिमशिखर टिभी मार्फत पनि चलचित्र बारे दर्शक एवं स्रोतको प्रतिक्रिया लिन उनीहरुले भ्याए । टोलीको दमक पछि भोलि बिर्तामोडमा चलचित्रको प्रचार प्रसार गर्ने कार्यक्रम रहेको छ । बिर्तामोडको कृष्ण टाकिजमा पनि यहि शुक्रबारबाट चलचित्र प्रदर्शनमा आउने छ । यस्तै पूर्वको किरण टाकिज झुम्का, सुकुना चलचित्र मन्दिर बिराटचोक, भिलेज सिनेमा उर्लाबारी लगायतका हलहरुमा समेत चलचित्र प्रदर्शन भैरहेको छ ।