मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेश्नल टुरले थलायो आर्यनलाई

फिल्मीखबर, काठमाण्डौ, 2012/02/29

प्रोमोशनमा यस अघि पनि निस्किएका थिए आर्यन तर यो पटकको प्रोमोशनमा उनको शरिरले आई एम सरी भनिदिए पछी अहिले थलिएका छन् ।

आफूद्धारा अभिनित पछिल्लो सिनेमा आई एम सरीको नेश्नल टुरबाट काठमाण्डू फर्किएका आर्यन अहिले भाईरल ज्वारोका कारण थलिएका छन् । उनको घाँटी निकै दुखेको छ भने स्वर पनि भासिएको छ । झापाको दमकदेखि धरान, बुटवल र पोखरको मौसमलाई एक सातामा चुनौती दिदै प्रोमोशनमा खटिएका आर्यन दुई दिन यता थलिएका भएका हुन् ।

बदलिएको मौसमले थलिएपछी सिकिस्त भएका आर्यन फोन सम्पर्कबाट पनि बाहिरिएका छन् यध्यपी विरामी भएको खबर सोसल नेटवर्क फेसबुकमा पोष्ट गरेपछी उनलाई गेटवेल सुन भन्दै कमेन्टको ओहिरो लागेको छ । आर्यनले गए राति 'यो विरामी भन्ने चिज कस्तो झ्याउ लाग्ने भोलि उठ्दा फाईन भएर उठ्न पाएनि हुन्थ्यो आई हेट टू बि अलोन' भन्दै विरामी भएको खबर पोष्ट गरेका छन् । तर बिहानको फष्ट आवर सकिए पश्चात पनि उनी थलिएकै छन् । जसकारण उनी मोबाईल अफ गरेर कसैसंग बोल्न नसक्ने अवस्थामा लाजिम्पाट स्थित आफ्नो फ्ल्याटमा आराम गरिरहेका छन् ।

आर्यन यस अघि मेरो लभ स्टोरीको रिलिजको छेकोमा पनि सिकिस्त विरामी भएका थिए तर यो पटक आई एम सरी रिलिज भएको दुई साता पश्चात उनी नेशनल टूरको प्रेसरले बिरामी भएका हुन् ।