मिति : २०८२ ज्येष्ठ ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हाईवे टू धम्पुस सोलुखुम्बुमा उड्दै

फिल्मीखबर, काठमाण्डौ, 2012/02/29

पोखराका रमणिय दृष्यलाई क्यामेरामा कैद गरेर चलचित्र 'हाईवे टू धम्पुस' युनिट अहिले सोलुखुम्बु पुगेको छ । चलचित्रमा मुख्य पात्र मध्येका एक नायक राजबल्लभ कोईरालाले दिएको जानकारी अनुसार मौसमको अनुकुल हेरेर २ देखि ३ दिन भित्रमा काम सकि युनिट काठमाण्डौ फर्कने छ र केहि दिनमा नै नेपालमा गर्नु पर्ने सुटिङ सकि युनिट अमेरिका प्रस्थान गर्नेछ ।

 

धम्पुसमा १० दिन र पोखरा नगरीमा ११ दिनको सुटिङ सकि युनिट रामेछाप हुँदै अहिले सोलुखुम्बुको फाप्लु एयरपोर्ट सुटिङका लागि पुगेको हो । हलिउड निर्देशक रिक म्याक फारल्याण्डले निर्देशन गरेको सो चलचित्रमा राजबल्लभ पाईलटको भुमिकामा छन् । बिदेशीको उपस्थितीले नेपालमा पार्ने प्रभाव र नेपालीको उपस्थितीले बिदेशमा पार्ने प्रभावलाई मुख्य थिमको रूपमा लिएको सो चलचित्रमा गनर राईट, रिचेल हर्ड उड, सुयसा राणा, देशभक्त खनाल, सयुश गुरुङ लगायतका बिदेशी र नेपाली कलाकारले अभिनय गरेका छन् ।

 

जोन डि विलियम्सले निर्माण गरेको चलचित्र 'हाईवे टू धम्पुस' मा अभिनयको अनुभव बटुलेका नायक बल्लभले बिदेशी प्रोजेक्टमा अभिनय गर्न पाउनु आफ्ना लागी चुनौती र अवसर रहेको बताए । उनले भने, 'पाईलटको भुमिकामा देखिनु नै मेरा लागी चुनौती हो र यसलाई मैले अवसरको रूपमा पनि लिएको छु ।' बिदेशीको काम गर्ने शैली स्पष्ट रहेको बताउँदै बल्लभले यो युनिटबाट धेरै कुरा सिक्न पाएको बताए ।

 

नेपाल पछि चलचित्रको सुटिङ अमेरिका, बेलायत र इराकमा गरिने राजबल्लभले जानकारी गराए । नायक बल्लभ पनि केहि समय पछि सुटिङका लागि अमेरिका प्रस्थान गर्नेछन् ।