Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाको यादमा जलिरहेछन् सविन

फिल्मीखबर, काठमाण्डौ, 2012/02/28

फेसबुक वालमा हुनेवाली श्रीमतीसंगको ब्रेकअपको खबर सार्वजनिक गरेर पछि डिलिट गरेका सविन श्रेष्ठले रेखाको नाम लेख्न कहि भुल्दैनन् । छातिमा समेत रेखाको नाम कोरेका सविनले खोलाको किनारमा पनि रेखाको नाम कोर्दै पिढाको भाव पोखेका छन् । 

 

रेखा क्याम्पका नयाँ हिरो सविनले उक्त ब्यानरको दोस्रो प्रोजेक्ट रावणको एक गीतमा भनेका छन् मन रोएर, रोएर जलिरहेछ उनको यादमा... । चैत्र २७ गतेदेखि अल नेपाल रिलिज टार्गेट गर्दै प्रोमोशनलाई तिब्रता दिईएको उक्त सिनेमामा सविनले रेखासंग रोमान्स गरेका छन् तर सार्वजनिक गीतमा सविन पिढाको भावमा भएकाले उनलाई रेखाले सिनेमा भित्र धोका दिएको अनुमान गर्न सकिन्छ । 


सिनेमा
भित्र  पनि रेखाले आफ्नै रियल नाम राखेकी छिन्   जसको मायामा  पागल बनेका सविनले आफ्नो छातिमा  रेखाको नाम कोरेका दृश्य प्रोमोशनल क्लिप्सहरूमा देखाईएको छ ।  रेखालाई काली दुर्गा र सिताको भूमिकामा प्रस्तुत हुँदा सिनेमाको स्टोरीमा धेरै ट्वीष्ट रहेको पनि अनुमान लगाउन सकिन्छ । जुन कुरालाई निर्माता छबि ओझा भन्छन्, 'मेरो सिनेमाको कथा अलि पुरानो टाईपको हो त्यसैले अहिले भन्यो भने पछि हेर्दा मज्जा आउँदैन ।'

 

सिनेमामा सविनसंगै प्यारालल रोलमा किशोर खतिवडाले पनि अभिनय गरेका छन् । सिनेमालाई  कमलकृष्ण पौडेलले डेब्यू फिल्मको रूपमा निर्देशन गरेका हुन् र उनले चलचित्रमा संगीत पनि दिएका छन् । जसको विल्कुलै नयाँ गीत, नयाँ प्रोमो र पब्लिसिटीका लागि तयार पारिएका नयाँ पोष्टर फिल्मीखबर मार्फत सार्वजनिक गरिएको छ ।